समाचार

प्राइम सहकारी ठगि प्रकरणमा एक महिला पक्राउ

१३ भदौ ,पोखरा।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा न ४ गैह्रापाटनमा संचालनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संचालक समितिका पदाधिकारी दिपा कोइरालालाई पक्राउ गरेको छ।

सहकारीका निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीअनुसार सहकारी ठगी कसुरमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिएका छन्।  

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस