२० भदौ, पोखरा ।
असार १७ गते स्थगित भएको बैठक २६ गतेका लागि बोलाइएको संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।गण्डकी प्रदेश सरकारका कारण संसदको काम पनि प्रभावित भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद बिस्तार गरेसँगै संसद बोलाउने निर्णय गरेका हुन् ।
संसदमा अहिले ३ वटा विधेयक छलफलका लागि छन् । बिजनाषक विषादी व्यवस्थापन सम्बन्धनमा बनेको विधेयक संसदमा सामान्य छलफलपछि थप छलफलका लागि संसदीय समितिमा पठाइएको छ । प्राइभेट फर्म सम्बन्धी अर्को विधेयक पनि संसदमा छ ।
साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सरकारले संसद सचिवालयमा दर्ता गराएको छ । गण्डकी प्रदेश सभामा रहेका संसदीय समिति पनि अहिले निस्क्रिय बनेका छन् । सरकार फेरबदलको प्रभाव समितिमा पनि परेको हो ।४ समितिमध्ये सामाजिक विकास तथा कृषि समितिको सभापति नेपाल समाजवादी पार्टीका सांसद फाणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएपछि नयाँ चयन हुन सकेको छैन । यसैगरी प्रतिपक्षलाई दिने संसदीय परम्परा रहको सार्वजनिक लेखा समितिमा एमाले सांसद सुधीरकुमार पौडेल सभापति छन् ।
अहिले एमाले सरकारमा भएपछि त्यो माओवादीलाई दिनुपर्ने सांसदहरुको भनाइ छ । अर्थ तथा विकास समिति र प्रदेश मामिला तथा कानून समितिमा कांग्रेसका सभापति छन् ।