पोखरा, २० भदौ ।
निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल,२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका
छन् ।पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार (२२ गते) हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार उनीहरुले रुकुमको मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् । अशोक थापामगरले निर्माण गरेको सो चलचित्रलाई असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी छ । उक्त्त कार्यक्रम मिस मगर नेपालका अन्तिम ११ प्रतिस्पर्धीमध्येबाट एक जनाले ताज जित्नेछिन् ।अहिले प्रतियोगीहरु अन्तिम प्रशिक्षणमा छन् ।एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको निर्देशक सुरज थापाले जानकारी दिए ।उनका अनुसार कार्यक्रम ग्राण्ड होटलमा यही २२ गते शनिबार दिउँसो २
बजेबाट शुभारम्भ हुनेछ । ११ प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धीहरुले करिब १ महिनासम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । त्यसैको आधारमा मिस मगर नेपाल चुनिनेछ । सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आलेमगर , आशिका गर्बुजामगर , अनुजा पुनमगर , नरिशा पुनमगर , सरिता थापामगर , माया दर्लामीमगर , रश्मि आलेमगर , जानकी राजकोटीमगर , अश्मिता बुढामगर , कृष्टीना पुनमगर र जेरुशा सारुमगर रहेका छन् । कार्यक्रमलाई सफल बनाउन डेन्टल केयर प्रा.लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज भाषा सेन्टर , सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतका संस्थाहरुले सहयोग गरेका छन्।