पोखरा, २० भदौ ।
पोखरा महानगरपालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ ।ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्रा डा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास,डा दिर्घमान गुरुङ,डा गोपाल घिमिरे,डा महेन्द्र व.वानियाँ, डा अर्जुन वानियाँ, प्रा डा धुर्व व. कार्की,डा श्रीराम आचार्य,डा निशा वराल, डा सुरेश पौडेल, डा प्रज्ञा गौतम,डा उत्तम थापा,डा विदुर देवकोटा,डा गौतम गुरुङ,डा सुनिल भट्टराई, डा श्रीकृष्ण आचार्य, डा कुशल शर्मा,डा पुष्पराज आचार्य, डा अनुप वस्नेत,डा संजय शर्मा तिमिल्सीना,डा सुख व.गुरुङ,डा चन्द्र गुरुङ,डा पुनम गौचन सहित २५ जनालाई पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, पोखरेली रत्न जोर्ज जोन, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले सम्मान पत्र, माला र सल ओढाएर सम्मान गर्नुभयो ।
सोही अवसरमा सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो वन्न सफल वाटुलेचौरको विन्ध्यवासिनी मा.वि र कास्कीमा उत्कृष्ट पाँचमा पर्न सफल लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविलाई पनि सम्मान गरिएको छ ।विन्ध्यवासिनीका तर्फवाट प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सम्मान ग्रहण गर्नुभएको थियो। कार्यक्रममा वोल्दैं पोखरा महानगर पालिकाका मेयर आचार्यले विशेषज्ञता हासिल गरेका विज्ञहरुको सम्मानले, समाज नै सम्मानित भएको वताउनुभयो । उहाँले वडाको विकासमा यस्ता विज्ञवाट सुझाव लिई समग्र योजना वनाउन सुझाव दिनुभयो । मेयर आचार्यले आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन आग्रह समेत गनुभयो ।मेला व्यवस्थापन समितिका संयोजक राजकुमारी वानियाँको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा कार्यान्वयन ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची,पृथ्वीनारायण क्याम्पसका संस्थापक एवं पोखरेली रत्न जोर्ज जोन,सम्मानित व्यक्तित्व डा महेन्द्र वानियाँ, वडा शिक्षा समितिका जयराम पौडेल लगायतले यस क्षेत्रको विकासमा सम्मानित व्यक्तिको भुमिका महत्वपुर्ण हुने वताए । वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन मुल समारोह समितिका सदस्य भीमवहादुर गायक र सुनिता देवकोटाले गरेका थिए ।मेलाको अन्तिम दिन शुक्रवार समुहगत तीज गीत प्रस्तुती रहने वताईएको छ ।