राजनीति

सत्ताले सहजता खोज्दा निशानामा उपसभामुख ,राज्य नै लोकतन्त्रमाथि आक्रमणमा उत्रेको रास्वपा सचेतकको आरोप

कास्की ,२५ भदौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।सत्तारुढ दलहरूले उपभामुख आफैले राजीनामा दिनुपर्ने भनिरहँदा रास्वपाले संसद्‌बाटै चर्को प्रतिवाद गरेको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताए । परियारले उपसभामुखमाथि महाभियोग लगाउने कुराले राज्य नै लोकतन्त्रमाथि आक्रमणमा उत्रेको बताए। संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन नसक्ने सांसद परियारले बताए ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए ।राष्ट्रिय स्वतन्त्र पार्टी निकट उपभामुख राना सन् २०२३ फ्रेब्रुअरी २६ मा आफूसहित ६ जनाको भिसा मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा विवादमा परेकी थिइन्। सत्तारुढ दलहरूले उपसभामुखको यही कदमलाई आचरणविपरीतको ठहर गर्दै हटाउन चाहेको बताइएको छ।राज्य व्यवस्था समितिमा समेत यो विषयमा उजुरी रहेको उल्लेख गर्दै सत्तारुढ दलहरूले हटाउने तयारी गरेको छ ।

प्रमुख सचेतक परियारले अहिले सहज छ भनेर कसैलाई हटाउने र अर्को व्यक्ति लैजाने गर्दा भविष्यमा आफैंलाई अप्ठ्यारो पर्न सक्नेतर्फ सचेत हुन कांग्रेस-एमालेलगायत सत्तारुढ दललाई आग्रह गरे ।संख्याका आधारमा जे पनि गर्न सकिन्छ भन्ने हो भने जनताको साथ खोजिने उनले चेतावनी दिए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

राजनीति समाचार

रास्वपाको उपस्थितिलाई नजरअन्दाज नगर्न लामिछानेको चेतावनी

[ad_1] ३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धी कानुनको सही कार्यान्वयनका लागि खबरदारी
अन्तरवार्ता भिडियो राजनीति समाचार

उपप्रधानमन्त्री सिंहले काठमाडौंका नदीमा बहाब बढाउन विज्ञसँग गरे छलफल

[ad_1] २९ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायत नदीमा पानीको बहाब वृद्धि