काठमाडौं ,३० भदौ।
निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न प्रधानमन्त्रीलाई परामर्श दिएको छ।निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रित्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त छ ।
रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययी रूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे।