काठमाडौं ,१० असोज ।
प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही मुछिएको एक घटनाको छानबिन गर्न समिति गठन भएको छ ।आर्थिक अनियमितताको आरोप लागेकी भैसेपाटीकी इन्स्पेक्टर शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो ।
शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप शाहीविरुद्ध छ । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले छानबिन समिति गठन भएको र यसबारे रिपोर्ट आएपछि थप विषय खुल्ने बताइन् । असोज ६ गते केही युवतीले आफूहरुमाथि धाकधम्की भएको भन्दै प्रहरीलाई बोलाइपछि बिनुकै संलग्नतामा बलात्कारसम्बन्धी मुद्दामा आर्थिक चलखेल भएको बताइएको छ । यो घटनामा प्रहरीले पछि तीन जनालाई पक्राउ समेत गरेको छ ।
उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।
जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।