समाचार

कैलाली जिल्लाका पार्टीका अध्यक्ष प्रदीप चौधरीले नागरिक उन्मुक्ति पार्टी बिगार्नेमा मुख्य दोषी रेशम–रञ्जिता नै रहेको आरोप लगाएका छन्


कैलाली,२१ असोज

रेशम चौधरी र रञ्जिता श्रेष्ठ (दम्पती)ले पार्टीलाई निजी कम्पनीजस्तो चलाएको आरोप पार्टीका नेताहरूले लगाएका छन् । पार्टीलाई सामूहिक निर्णयमा चलाउनुभन्दा पनि प्राइभेट कम्पनी जस्तो दुवै जनाले चलाइरहेको आरोप लगाउँदै कतिपय नेताले पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन् ।

कैलाली जिल्लाका पार्टीका अध्यक्ष प्रदीप चौधरीले पार्टी जिल्ला र प्रदेशबाट होइन, केन्द्रबाटै बिग्रिएको हो र पार्टी बिगार्नेमा मुख्य दोषी रेशम–रञ्जिता नै रहेको आरोप लगाए ।गरेको नेताहरूको आरोप छ ।सुदूरपश्चिममा पार्टीबाट मन्त्री बनेका लक्ष्मण किशोर चौधरीका स्वकीय सचिव नवीन थापाको बारेमा फेसबुकमा लेखेकै कारण पार्टीका नेता रमित ओली थुनामा परेका थिए । कैलाली–कञ्चनपुरमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेताहरूले नवीन थापा पार्टीको सदस्य नभएको, उनी पछि पार्टीमा प्रवेश गरेपछि मन्त्रीको स्वकीय सचिव बनाइएको दाबी गर्दै आइरहेका छन् । त्यही कुरा रमित चौधरीले आफ्नो फेसबुकमा लेखेपछि थापाले साइबर क्राइम अन्तर्गत उजुरी दिएका थिए । सोही उजुरीका आधारमा रमितलाई प्रहरीले असोज ११ गते पक्राउ गरेका थियो । पाँच दिन थुनामा राखेर धरौटी लिएर छाडेपछि रञ्ञिता श्रेष्ठले असोज ८ गतेको मिति राखेर त्यस्तो सर्कुलर जारी गरेको नागरिक उन्मुक्ति पार्टीका नेता निम चौधरी (धनगढी)को दाबी छ ।

‘उनीहरूलाई जे–जे गर्न मन लाग्छ, त्यो गरिरहेका छन्, न कसैले रोक्नेवाला छ, न भन्नेवाला छ । जसले आवाज उठाउँछ, उसलाई सिधै कारबाही गर्छन्,’ प्रदीपले भने, ‘यो अवस्थाले पार्टी कसरी चल्छ ? अहिले पनि केही बिग्रिएको छैन । पार्टीलाई प्राइभेट कम्पनीबाट मुक्त गराएर सामूहिक नेतृत्वमा चलाउनुपर्छ ।’ केही समय पहिले अध्यक्ष श्रेष्ठले नवीन थापालगायतका नेता तथा कार्यकर्तालाई कारबाही गरे पनि केही समयपछि फुकुवा गरेको भन्दै प्रदीपले किन कारबाही भयो र किन फुकुवा भयो भन्नेबारे कसैलाई केही थाहा नभएको प्रस्ट पारे । ‘पार्टी विधि विधानमा चल्नुपर्छ, यसरी मनपरी गरे पार्टीमा धेरै ठुलो क्षति हुन्छ,’ उनले भने ।नागरिक उन्मुक्ति पार्टीको प्रदेश तथा जिल्ला तहमा असन्तुष्टि चुलिएको छ । पार्टी नेतृत्व तहको आलोचना हुन थालेपछि १८ र १९ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक पनि स्थगित गरिएको छ ।

बाढी पहिरोको कारण बैठक स्थगित गरिएको अध्यक्ष श्रेष्ठ र संस्थापक रेशम चौधरीले दाबी गरे पनि जिल्लामा देखिएको विवादका कारण स्थगित भएको नेताहरू बताउँछन् ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस