पोखरा, ९ कार्तिक।
कास्कीको माछापुँच्छ्रे गाउपालिका लाहाचोकमा रहेको श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालयले अक्षयकोष स्थापना गरेको छ। सोही अबसरमा विद्यालय लाई सहयोग गर्ने संघ सस्था तथा ब्यक्ति लाई सम्मान गरेको छ । बिद्यालयले गण्डकी प्रदेश को राजधानी पोखराबाट संचालन हुदै आएयको नीतिप्रेस मिडिया ले गरेको योगदानलाई कदर गर्दै सम्मान गरेको हो । नीतिप्रेस ले बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीलाई स्टेशनरि तथा न्यानो कपडा बितरण गरेको थियोे । सो अबसर मा अजित नेपालिको तर्फबाट बिद्यालयमा दुई लाख चौहन्न हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना समेत गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालयका प्राध्यानाध्यापक भिमलाल अधिकारीले आजको दिन मा हाम्रो सरकारी बिद्यालय भएको हुदा रकम को अभाव देखि अन्य कुरा को गुनासो गर्दै सहयोगि मन प्रती आभार व्यक्त गर्नु भएको थियो ।