खेलकुद

साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भारत भिड्दै

पाेखरा ,११ कार्तिक।

साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलका खेल आज हुँदैछन् । आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच दिउँसो १:३० बजे दशरथ रंगशालामा शुरु हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ ५:३० बजे शुरु हुनेछ ।

समूह एबाट बंगलादेश र भारत तथा समूह बीबाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् । बंगलादेश समूह एमा २ खेलमा ४ अंक हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो । त्यस्तै भारतले पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो । पाकिस्तान समूह एबाट तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो ।समूह बीमा भने नेपाल समूह विजेता हुदै सेमिफाइनलमा पुगेको हाे । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले हराएको थियो ।

नेपालले तीन खेलमा कुल १७ गोल गरेर कुनै गोल खाएको छैन । त्यस्तै भुटान भने ३ खेलमा ७ अंक नै हासिल गर्दै गोलअन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । भुटानले पहिलो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले हराएको थियो । भारत ५ पटकको विजेता हो भने नेपाल ५ पटकको उपविजेता हो । साफ च्याम्पियनशिपमा नेपालको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भारत नै हो । गत संस्करण भने नेपालले बंगलादेशसँग घरेलु मैदानमै हारेको थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
खेलकुद

प्रचण्डद्वारा पारा ओलम्पिक काँस्य पदक बिजेता पलेशालाई सम्मान

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा