पोखरा ,२० कार्तिक।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदर्शन गरीरहेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको हो ।