समाचार

चिकित्सकमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे

पोखरा, ८ मंसिर।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने बताएका छन् । ‘द सोसाईटी अफ सर्जनस् नेपाल र साउथ एसियन सर्जिकल केयर सोसाइटी’को सहकार्यमा पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरूमाथि दुर्व्यवहारका घटना भएको दृष्टान्त पेस गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिए । मुख्यमन्त्री पाण्डेले चिकित्सकहरूलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गरे । चिकित्सकहरूमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

कहिलेकहीँ स्वास्थ्य क्षेत्रमा पनि अभद्र व्यवहार भइराखेका छन् । गत वर्ष पनि हाम्रो मणिपाल कलेजमा डाक्टरहरूमाथि गरिएको जुन दुर्व्यवहार थियो । त्यसलाई हामीले निक्र्यौलमा पुर्‍याउन सक्यौँ । त्यो खुसीको कुरा पनि हो । मेडिकल एसोसिएसनले त्यसमा विशेष पहल पनि गरेको थियो । चिकित्सकको त के कुरा भगवानले पनि सबैलाई बचाउन सक्दैनन् । भगवानले बचाउने भए बिहानदेखि बेलुकासम्म भगवानका भक्तहरूले मर्नुपर्ने थिएन होला नि !, उनले भने, ‘यस्ता किसिमका अभद्र व्यवहार जुन भइरहेका छन्, त्यसलाई हाम्रो सरकारले कुनैपनि हालतमा सहँदैन र सबै डाक्टरहरूलाई आफ्नो पेसामा इमान्दारितापूर्वक र निर्भिकतापूर्वक अगाडि बढ्न पनि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु ।’

गण्डकी सरकार स्वास्थ्य क्षेत्रमा रहेका जनशक्तिको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए । गण्डकी प्रदेस सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पुर्‍याउनका लागि सक्दो पहल गरिरहेको पनि उनले बताए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस