समाचार

जोण्टा क्लव अफ पोखराको आयोजनामा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा , १० मंसिर।

विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालनि गरेको जोण्टा क्लव अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा सैनिक आवसिय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेण्डरी स्कुलका रुक्साना पुनले द्वितिय, कालिका सेकेण्डरी रोश्मी मगरले तृतीय तथा समता निकेतनका सुमन गैह्रेले सान्त्वना स्थान हाँसिल गरे ।

प्रतियोगिताका वितेताहरुलाई एक समारोहका विच नगद सहित ट्रफि, प्रमाण–पत्रले पुरस्कृत गरियो । उनीहरुलाई आयोजक क्लवका अध्यक्ष रोजिना रंजित बिजुक्छे, मिस नेपाल इन्टरनेशलन करुणा रावत, क्लवका निवर्तमान अध्यक्ष मोनिका थापा लगायतले पुरस्कार प्रदान गरे । सो अवसरमा बोल्दै कार्यक्रमका संयोजक बन्दना कार्की केसीले समाज रुपान्तरणमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जोण्टाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनुभयो । क्लवले अभियान अन्तर्गत सडक नाटक, क्याण्टल लाइट लगायतको कार्यक्रम आयोजना गर्ने उहाँले जानकारी दिनुभयो ।

पोखराको घारिपाटनस्थित आभ्या क्लवमा सम्पन्न प्रतियोगिताका निर्णायक मनोज तामाङ्गले सहभागि सबैले उत्कृष्ट चित्र बनाएको बताउँदै केहि नम्बरको अन्तरमा मात्रै विजयी घोषणा गर्नुपरेको बताउनुभयो । कलाकार कृपा श्रेष्ठ पनि निर्णायकमा रहनुभएको थियो । क्लवका सचिव सृजना कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस