समाचार

प्रदेश युवा सम्मेलनद्वारा ११ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा, १६ मंसिर ।

नेपाल युवा परिषद्द्वारा आयोजित प्रदेश युवा सम्मेलन ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।गण्डकी प्रदेश युवा परिषद गठन गर्ने, गण्डकीका ११ वटै जिल्लाका युवालाई विभिन्न कार्यक्रम संचालन गरी स्वरोजगारमैत्री तालिम प्रदान गर्ने, विभिन्न क्षेत्रका युवालाई हरेक वर्ष सम्मान र प्रोत्साहन गर्नेखालको कार्यक्रम सञ्चालन गर्ने विषयलाई घोषणापत्रमा समेटेको छ ।

यस्तै, गण्डकी प्रदेशलाई आईटी हब रुपमा बिस्तार गर्ने, गण्डकी ट्राभल एण्ड टुरिजम अभियान सञ्चालन गर्ने, प्रदेशका साना तथा मझौला कृषि उत्पादकले उत्पादन गरेका कृषि सामाग्रीहरु सोझै उत्पादकको हातसम्म पु¥याउन डिजिटल एप्समार्फत कृषक र उपभोक्ताको सञ्जाल जोड्न सरकारलाई पहल गर्ने, युवालाई लक्षित गरी स्टार्टअप माध्यमबाट उद्यमशीलता कार्यक्रम मार्फत युवा उद्यमशीलता र व्यक्तित्व विकाससम्बन्धी तालिम सञ्चालन गर्ने, युथ इन्नोभेसन सेन्टर स्थापना गरी स्वरोजगारयुक्त तालिम सञ्चालन गर्ने, एक पालिकाःएक दोभाषे तथा सांकेतिक भाषाको तालिम संचालन गरी प्रदेशका सम्पूर्ण बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको सूचना तथा अवसरमा समावेश गराउन र स्वरोजगार बनाउन विभिन्न अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकाससंगै समग्र क्षेत्रमा पहुँचको अभिवृद्धि गरी समावेशीकरणमा जोड दिँदै सबै क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माण गर्न सरकारलाई ध्यनाकर्षण गर्ने लगायत बुँदा समेटिएको नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले जानकारी दिए ।

यस्तै, गण्डकी प्रदेशमा प्लाष्टिक सामाग्रीको प्रयोगमा न्यूनीकणसँगै अव्यस्थित शहरीकरणलाई व्यवस्थापन गर्नका लागि अव्यवस्थित रुपमा रहेका बिजुली, टेलिफोन, इन्टरनेटका तारलाई भूमिगत गरी क्लीन एण्ड ग्रिन सिटी अभियान सञ्चालनका लागि पहल गर्ने, बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षाका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन, खाल्डाखुल्डी रहित सडकका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न पहल गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने विषयलाई सम्मेलनले जोड दिएको छ ।पोखरामा २ दिनसम्म चलेको सम्मेलनको शुक्रबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । समापन गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले गरेका थिए ।पोखरामा २ दिनसम्म चलेको सम्मेलनको शुक्रबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । समापन गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले गरेका थिए ।सम्मानित हुनेमा महिला तथा बालबालिका विधामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, पत्रकारिता क्षेत्रबाट विजय नेपाल, समाजसेवाबाट प्रेन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सूचना तथा प्रविधिमा रविन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल सम्मानित भएका हुन् । सोही अवसरमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मान गरियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस