समाचार

गुल्मीको मुसिकोट १ मा कांग्रेसका श्रेष्ठ विजयी

गुल्मी,१७ मंसिर।

मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे । वडाध्यक्षमा कांग्रेसका श्रेष्ठ २ सय ५४ मतान्तरसहित विजयी भएका हुन ।
माओवादी केन्द्रबाट दुर्गाबहादुर विकले १ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले ४४ र राष्ट्रिय पजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्रीले ५ मत प्राप्त गरेका छन । हात चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र खरेलले १ मत मात्रै प्राप्त गरे । स्वतन्त्रबाट उम्मेदवार दिएका पोमानन्द खरेल र कुलबहादुर थापाले भने कुनै पनि मत प्राप्त गर्न सकेन्न ।
यहाँ खसेको २ हजार ३ सय ३४ कुल मत मध्ये एक हजार ४० पुरुष र एक हजार दुई सय ९४ महिलाले मतदान गरेका छन । ५७ दशमलव ०५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खसेको कुल मतमा २८ मत बदर भएको थियो । वडामा ४ हजार ९१ जना मतदाता रहेका छन । मुसिकोट नगरपालिका १ को वडाध्यक्ष पदका लागि ५ जना विभिन्न दल र तीनजना स्वतन्त्र गरेर ८ जनाले उम्मेदवारी दिएका थिए । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि आईतवार उपनिर्वाचन भएको हो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस