काठमाडौं, १७ मंसिर
जाजरकोटमा नेकपा माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ । निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।
आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका-७ को वडाध्यक्ष पद गुमायो । तर, त्यसबेला कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर भने माओवादीले जितेको छ । यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।