समाचार

सूर्यदर्शन सहकारीको अध्यक्षमा किरण श्रेष्ठ चुनिए ,बजारको ऋण उठाउने, लगानी नगर्ने

पोखरा,१९ मंसिर ।

पोखराको सूर्यदर्शन सहकारीमा नयाँ सञ्चालक समिति गठन गरिएको छ । बचत रकम डुबेपछि उठाउनका लागि बनेको संघर्ष समितिको अगुवाइमा समिति बनाइएको हो ।मंगलबार विशेष साधारणसभाले किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गोकर्ण बरुवाल, सचिवमा दुर्गानाथ न्यौपाने र को षाध्यक्षमा प्रेम रेग्मी चयन भएका छन् । सदस्य मिलन शाही, श्रीभद्र बराल, हरि चालिसे, शान्ति आचार्य र लक्ष्मी कँडेल छन् ।

साधारणसभाले आर्थिक निगरानीका लागि लेखा समिति पनि गठन गरेको छ । राजेन्द्र पौडेलको संयो जकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा तारापति सापकोटा र गोपाल गुप्ता छन् ।सहकारीको सल्लाहकारमा सूर्य पोख्रेल, एकबहादुर गुरुङ र दीपेन्द्र राई सर्वसम्मत चयन भए । साधारणसभाले बजारमा भएको ऋण लगानी उठाउने र पूर्व सञ्चालक समितिका सदस्यहरुले गरेको लगानी खोजी गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिले सहकारी सञ्चालन गरे पनि ऋण प्रवाह नगर्ने उनले बताए । साधारणसभामा ९ सयभन्दा बढी बचतकर्ता हरु उपस्थित थिए ।संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठको नेतृत्वमा मंसिर ८ गते शनिबार साधारण सभा बोलाइए पनि गणपुरक संख्या नपुगेपछि साधारण सभा स्थगित भएको थियो । दोस्रोपटक मंगलबार ३१ प्रतिशत पुगेपछि साधारण सभा भएको हो ।

‘जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका र सहकारी रजिस्ट्रारको कार्यालयबाट अनुमति लिएर उहाँहरुको सहयोगमा हामीहरुले साधारण सभा गरेका हौं,’ श्रेष्ठले भने । यसअघि बोलाइएको साधारण सभाका लागि गणपुरक संख्या ११ सय ३० जना चाहिनेमा करिब ८ सयजना मात्र उपस्थित भएपछि स्थगित भएको थियो ।

सूर्यदर्शन सहकारीका १ हजार ३६ जना बचतकर्ताले १ अर्ब ११ करोड बचत रकम फिर्ता पाउनुपर्ने दाबी गर्दै प्रहरी कार्यालयमा दिएका छन् । बचतकर्ताले उजुरी दिएपछि दजनौं मान्छेलाई सहकारीको रकम अपचलनको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ ।

पैसा अपचलनका मुख्य आरोपित जिबी राई अझै फरार छन् । यद्यपि सहकारीमा जोडिएका अन्य केही आरोपितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । यसमध्ये यही सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यति बेला कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।नयाँ कार्यसमिति चयन गरेर सहकारीले लगानी गरेको पैसा उठाउने उनको भनाइ छ । ‘सूर्यदर्शन सहकारीको अहिले अर्बौं रकम अपचलन भएको छ, त्यसमा केही व्यक्तिले खल्तीमा राखे । केही सहकारीले बजारमा लगानी गरेको छ । त्यसमध्ये करिब १४१५ करोड बजारमा छ । केही धितोमा छ । केही बिनाधितोमा छ । केही हायरपर्चेजको लोन छ । त्यसलाई नयाँ कार्यसमितिले उठाउँछ,’ उनले भने ।
सहकारीमा डुबेको लगानी उठाउन उद्देश्यसहित बचनकर्ताले कात्तिक २४ गतेबाट सहकारी सञ्चालनमा ल्याएका थिए । अब अफिसमा कर्मचारी राखेर सहकारी सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिए ।


बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस