समाचार

पोखरा महानगरपालिकाको बिशेस नगरसभा हुदै ,अरु पालिकाबाट आएका काज कर्मचारीलाई उनीहरुकोपदाधिकार रहेकै कार्यालयमा फिर्ता पठाउनुपर्ने एमालेको माग

पोखरा ,२० मंसिर।

कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार) बस्दैछ । २९ कात्तिकमा एमालेले विशेष नगर सभाको लिखित माग गरेको थियो । सोही मागका आधारमा नगर सभा डाकिएको हो । नगर सभाका एजेण्डामध्ये केही एजेण्डा अदालतमा विचाराधीन भएकोले कार्यसूचीबाट हटाउन काँग्रेसले माग गरेको छ । त्यसैका लागि काँग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच छलफल पनि भएको थियो ।तर सहमति जुटेको छैन । १४ कात्तिकको ३७ औं कार्यपालिका बैठकले निर्णय गरेर २८ प्राविधिकसहित ३५ जना करार कर्मचारी हटाएपछि एमाले रुष्ट बनेको हो । आफूनिकटका कर्मचारी छानेर फालेको आरोप एमालेले लगाएको छ । महानगरपालिकाले भने प्रदेश लोक सेवा आयोगबाट स्थायी कर्मचारी आएपछि उनीहरुलाई हटाइएको जनाएको छ । ३७ औं बैठक एमालेले बहिष्कार गरेको थियो ।

एमालेले कर्मचारीसँगै ६ बुँदे एजेण्डा राखेर विशेष नगर सभाको माग गरेको हो । अरु पालिकाबाट आएका काज कर्मचारीलाई उनीहरुको पदाधिकार रहेकै कार्यालयमा फिर्ता पठाउनुपर्ने, महानगरको कर्मचारी संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्नुपर्नेलगायत माग एमालेको छ । यस्तै सुशासन र गौरवका केही आयोजनालाई पनि एजेण्डामा समावेश गरिएको छ । महानगरको राजस्व बक्यौता असुली कार्ययोजना बनाएर आगामी नगर सभामा पेस गर्ने, मणिपाल अस्प्तालको राजस्व छुट सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने, फोहोरमैला प्रशोधन केन्द्रको प्रगति प्रस्तुत गर्ने एजेण्डा छ ।यता, महानगरको गौरवका रुपमा रहेका पोखरा सभागृह निर्माण, प्रशासकीय भवन निर्माण, पोखरा बसपार्क निर्माण, फेवातालको मापदण्ड कार्यान्वयन र फोहोरमैला व्यवस्थापनको अत्यधुनिक प्रशोधन केन्द्र निर्माण एजेण्डाहरु नगर सभामा छलफल हुनेछन् । एमालेले माग गरेका एजेण्डा नै मेयर आचार्यले सदर गर्दै नगर सभामा पेस गर्न लागेका हुन् । काँग्रेसले नगर सभा अवरोध गर्ने तयारी थालेको छ ।

अदालतमा भएको मुद्दा सभाको छलफल गर्ने एजेण्डा बनाउन नमिल्ने भन्दै सभा सुरु हुने वित्तिकै अवरोध गर्ने काँग्रेस स्रोतले जनाएको छ ।`

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस