खेलकुद

एनपीएलमा चितवन राइनोजले तेस्रो जित निकाल्दा सुदुरपश्चिम रोयल्सको पहिलो हार

काठमाडौं, २३ मंसिर।

सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार दिउँसो भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्रो जित हो । सुदूरपश्चिमले चार खेलमा पहिलो हार खेपेको छ ।
जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय ३१ रन बनायो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाउँदा सईफ जैवले १८, स्कट कुग्लेजिनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवाले १२, विनोद भण्डारी र नरेन साउदले १०/१० रन बनाए ।
बलिङमा चितवनका कुशल मल्ल, जान निकोल, अमर रौटेला र रिजन ढकालले दुई/दुई विकेट लिए भने रन्जित कुमार र सोहिल तनवीरले एक/एक विकेट झाए ।चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रवि बोपराले ३६, विपिन रवालले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा ब्रान्डन म्याकमुलेन, सईफ जैवले र कप्तान दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । चार खेलमा पहिलो हार खेपेको सुदूरपश्चिमको ६ अंक छ । समान खेलमा तेस्रो जित निकालेको चितवनले पनि ६ अंक बनाएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
खेलकुद

प्रचण्डद्वारा पारा ओलम्पिक काँस्य पदक बिजेता पलेशालाई सम्मान

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा