समाचार

पूर्व पश्चिम राजमार्ग रौतहटमा दर्शनार्थी सवार स्कार्पियो दुर्घटना ,चालकसहित ८ जनाको मृत्यु

पोखरा ,२५ मङ्सिर।

बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा ज्यान गुमाएका ८ जनाको सनाखत भएको छ । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित  धन्सार–लमाहा खोलाको नजिकै आज मंगलबार बिहान दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन्। बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरु स्थानीय ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महँगी देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए। 

घाइते हुनेहरूमा सोही ठाउँको ३० वर्षीय राधा महरा, २ वर्षीय आर्यन महरा,   २५ वर्षीय देव कुमारी महरा,  ७ वर्षीय ऋतिक महरा र  ६० वर्षीय कन्या देवी महरा रहेका छन् । 

घाइतेहरूको चन्द्रनिगाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्स बाट बयोधा अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस