समाचार

मादीका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’को सहयोग


पोखरा, ३ पुष ।
मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ ।गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका ७ को बाल पदम र मादी ६ को शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर सहयोग गरेको हो ।


उक्त समाग्री विद्यालय व्यस्थापन समितिका अध्यक्ष बोधराज बराल र प्रध्यानाध्यापक कलाधर सापकोटा र पदम सापकोटालाई द ट्रान्सिट रिसोर्टका सञ्चालक नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले सँयुक्त रुपमा हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै विद्यालय परिवारले आभार प्रकट गर्दै आगामी दिनमासमेत समाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
मादी गाउँपालिका ३ ज्याम्दु (तानतिङ जाने रुट) मा नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले ‘द ट्रान्जिट रिसोर्ट’ सञ्चालन गर्दै आएका छन् । उक्त रिसोर्ट क्याम्पिङका लागि लोकप्रिय छ । व्यवसायीक लाभसँगै सामाजिक कार्य गर्ने उद्देश्यसहित ‘द ट्रान्सिट फायर एण्ड क्याम्प’ को सञ्चालक टिमले सहयोगको अभियान चलाएको युवा व्यवसायी नर गुरुङ बताए ।


‘हामीले व्यावसायीक लाभ मात्रै होइन । समाजिक क्रियाकलापमा पनि प्रत्यक्ष सहयोग र योगदान पुर्याउने भनेर नै यो अभियान चलाएका हौं ।’ गुरुङले भने ।उनका अनुसार पहिलो चरणमा मादी गाउँपालिका ७ को श्री बाल पदम र मादी ६ को श्री शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर प्रदान गरिएको हो । अब अर्काे चरणमा बाँकी अन्य विद्यालयमा सहयोग गने योजना रहेको उनले बताए 

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस