समाचार

पुनर्निर्माणबारे केन्द्र सरकारले चासो नदिएपछि कर्णाली प्रदेश सरकार आफैँ पुननिर्माणमा जुट्यो

पुनर्निर्माणबारे केन्द्र सरकारले चासो नदिएपछि कर्णाली प्रदेश सरकार आफैँले जाजरकोट भूकम्प गएको १ वर्ष पछि भूकम्पबाट क्षतिग्रस्त सामुदायिक स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूको पुनर्निर्माण गर्न लागेको हो ।

जस अनुसार जाजरकोटमा मात्रै ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्न लागिएको प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पुनर्निर्माणका लागि जिल्लाको पूर्वाधार विकास कार्यालयबाट योजनाहरू छनोट गरेर पठाएको थियो । जस अन्तर्गत पहिलो चरणमा ३१ वटा सामुदायिक विद्यालय र ११ वटा स्वास्थ्य संस्थाको भवन बनाइने भएको हो ।

मन्त्रालयका अनुसार बारेकोट गाउँपालिकामा ५, नलगाड नगरपालिकामा ४, भेरी नगरपालिकामा ३, छेडागाड नगरपालिकामा ४, कुशे गाउँपालिकामा ५, शिवालय गाउँपालिकामा ५ र जुनिचाँदे गाउँपालिका ५ वटा विद्यालय पुनर्निर्माणका लागि छनोट भएका छन् ।

ती प्रत्येक विद्यालय र स्वास्थ्य संस्था ४५ लाखदेखि ७५ लाख रुपैयाँसम्ममा बनाइसक्नुपर्ने कार्यविधि प्रदेश सरकारले बनाएको छ ।

यस्तै, स्वास्थ्य चौकीतर्फ सबै पालिकामा दुई वटाका दरले छनोट गरिएको छ । जाजरकोटमा भूकम्पबाट प्रभावित स्वास्थ्य संस्था र विद्यालयहरूको पुनर्निर्माणका लागि २५ करोड रकम विनियोजन गरिएको छ ।

पूर्वाधार विकास कार्यालय जाजरकोटबाट सिफारिस भएर आएका योजनाहरू प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले स्वीकृत गरिसकेको छ । साथै कार्यविधि अनुसार निर्माण कार्यका लागि समेत अख्तियारी दिइसकेको मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए ।

प्रदेश सरकारले भूकम्प प्रभावित जिल्लाहरूका क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माणका चालु आर्थिक वर्ष ५० करोड रकम विनियोजन गरेको छ । सोही अन्तर्गत जाजरकोटमा २५, रुकुम पश्चिममा २२ र सल्यानमा ३ करोड रकम विनियोजन गरिएको छ ।

०८० कार्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । रुकुम पश्चिम र सल्यानमा पनि योजना छनोट गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस