मनोरञ्जन

पोखरामा बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव हुदै

पोखरा ,४ पुष।

नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन यही पुस ९ गतेदेखि बेलुन नेपाल प्रालिले बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागिएको हो ।महोत्सव नौ दिनसम्म चल्नेछ । महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुग्ने छ ।

महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखिएको छ ।अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ ।

महोत्सवमा २५ वटा बेलुन पाँच हजार फिटसम्म उडाइनेछ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।महोत्सव अवधिभर पोखराका स्थानीय सांगीतिक ब्यान्ड साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि दैनिक हुनेछन् ।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट शुरू भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् । महोत्सव सम्पन्न गर्न करिब सात करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

महोत्सवको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

मनोरञ्जन

पद्माप्रेम थिएटरले शुक्रवारदेखि नाटक जानकी मञ्चन गर्दै

पोखरा ,२७ भदौ। पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखरा ४ गैर्हापाटन स्थित
मनोरञ्जन

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै,काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ ,१ असोज। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष