मनोरञ्जन

‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ शीर्षकमा चलचित्र निर्माण हुने

पोखरा ,२१ पुस।

‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ शीर्षकमा चलचित्र निर्माण हुने भयको छ। गायक एवं सङ्गीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’मा अभिनय गर्ने मुख्य कलाकारहरूको लाइन अप सार्वजनिक गरिएको छ। आफ्नो हिट गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, निता ढुङ्गाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केहि दिनमा नै फाइनल हुने बुढाथोकी बताए। 

चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले छायाङ्कन गर्नेछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। 

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको सङ्गीत रहेको छ । दर्जी हाल काठमाडौँमा कक्षा ८ मा अध्ययनरत छन् । अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौँ ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, सङ्गीत र स्वर दिएका छन्। यस चलचित्रमा पनि टंक बुढाथोकीको सङ्गीत रहनेछ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

मनोरञ्जन

पद्माप्रेम थिएटरले शुक्रवारदेखि नाटक जानकी मञ्चन गर्दै

पोखरा ,२७ भदौ। पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखरा ४ गैर्हापाटन स्थित
मनोरञ्जन

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै,काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ ,१ असोज। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष