विश्व

लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित,आगो अझै फैलिने खतरा

कास्की ,२४ पुस।

अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ ।अधिकारीहरुका अनुसार आगो पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्निनियन्त्रकहरु सक्रिय छन् । तर १६० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीका अनुसार आगलागीबाट २३ हजारभन्दा बढी घर र भवनहरु जोखिममा छन् । आगो निभाउन २५० अग्नि नियन्त्रक, दमकल र हेलिकोप्टर परिचालन गरिएको छ ।क्यालिफोर्नियामा लाखौँ मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

विश्व

मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

काठमाडौं,१ पुष। हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले बताएका छन्
विश्व

दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं , १२ पुष । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अस्पतालले