विश्व

डोनाल्ड ट्रम्पविरुद्धको मुद्दामा आज निर्णय आउदै

कास्की ,२६ पुस।

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दामा आज निर्णय आउदै छ ।

पूर्व पोर्नस्टार स्टोर्मी ड्यानल्ससँग आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा ट्रम्पविरुद्ध आज अदालतले निर्णय सुनाउन लागेको हो ।सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो ।त्यसपछि यो विषयमा उनलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो । यो कसुरमा ट्रम्प दोषी ठहरिएका थिए ।

ट्रम्पले त्यसलाई रोक्न गरेको अपिल अदालतले खारेज गरिदिएको छ । सजायँ सुनाउने निर्णय रोक्नुपर्ने ट्रम्पको अनुरोधलाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा बहस हुँदा अदालतका न्यायाधीशहरुले बहुमतको आधारमा नस्वीकार्ने निर्णय गरेका हुन् । ५ जना न्यायाधीशले सजायँ सुनाउनुपर्ने र ४ जनाले सजायँ सुनाउन नहुने पक्षमा मत व्यक्त गरेका बीबीसीले जनाएको छ ।

अब अदालतले ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे अदालतबाट निर्णय हुने बताइएको छ ।

यदि अदालतले सजायँ सुनाएमा कानुनी रुपमा दोषी व्यक्तिको रुपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन् । यद्यपि उनलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने बताइएको छ ।

ट्रम्पले भने न्यूयोर्क अदालतको यो तयारीलाई अवैध राजनीतिक हमला भनेर आलोचना गरेका छन् । अदालतको तयारीबारे प्रतिक्रिया दिने क्रममा ट्रम्पले त्यसलाई बदनियतपूर्ण समेत भनेका छन् ।

ट्रम्प पक्षले न्यायाधीशको कदमको आलोचना गर्दै उक्त मुद्दा तत्काल खारेज हुनुपर्ने बताएको छ । ट्रम्पका प्रवक्ताले कुनै अवरोध विना ह्वाइटहाउस प्रवेश गर्न दिन र राष्ट्रपतीय शक्ति हस्तान्तरण गर्न भनेका छन् ।उनी सन् २०२४ मा राष्ट्रपति पदको निर्वाचनमा विजयी भएका थिए । केही पदहरुमा नियुक्ति समेत गरिसकेका ट्रम्पले जनवरी २० देखि अमेरिकी सत्ता सम्हाल्दै छन् ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

विश्व

मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

काठमाडौं,१ पुष। हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले बताएका छन्
विश्व

दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं , १२ पुष । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अस्पतालले