समाचार

कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला

पोखरा ,११ माघ।

कालीगण्डकी नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार बुधवार साँझ जलजला गाउँपालिका–८ नाग्लीवाङको खनियाघाटमा कालीगण्डकी नदीको बिच भागमा शव फेला परेको हो । करिब ५०÷५२ वर्ष उमेरका ती पुरुषको कुनै पनि पहिचान खुल्न नसक्दा शव जिम्मा लगाउन नसकिएको प्रहरीले बताएको छ ।
गहुँगोरो वर्ण, पाँच फिट छ इन्च उचाइ, सेतो फुलेको तथा छोटो कपाल भएका,सानो सेतो टुपी पालेका उनको कसैले पहिचान गर्न सक्ने भएमा प्रहरीमा खबर गर्न वा परिवारलाई जानकारी गराउन पर्वत प्रहरीले अनुरोध गरेको छ । शवको लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी प्रदेश अस्पताल (पर्वत) को शव गृहमा राखिएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस