समाचार

पोखरामा अनुमतिबिना कोटीहोम चल्न नदिने ; नगरप्रमुख धनराज आचार्य

पोखरा।,२३ माघ।

पोखरामा कोटीहोम कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले बुधवार जफत गरेको छ । लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारिएका काठदाउरा नगर प्रहरीले जफत गरेको हो।

मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख बिना स्वीकृति मुठारेको थियो । ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुखका हाँगाविगा सबै काट्दा पनि केही नगरेर महानगरले मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका छन् । तर, महानगरले भने कोटिहोम आयोजकले आफूहरुसँग अनमुति नलिएकोले कारबाही गर्ने बताउँदै आएको थियो । महानगर प्रमुख धनराज आचार्यले अनुमतिबेगर पोखरामा कोटिहोम चल्न नदिने बताएका थिए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस