समाचार

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मुकुना हात्तीको मृत्यु

चितवन ,२४ माघ।

चितवन राष्ट्रिय निकुञ्ज र नजिकका वरपरका सामुदायिक वनमा देखिने जंगली हात्ती मकुनालाई गोली लागेर मृत्यु भएको घटनामा संरक्षणकर्मीहरूले विरोध जनाएका छन् ।

उनीहरूले मकुनालाई निकुञ्जको कोर क्षेत्रमा पठाउने नाममा गोली हानेर मार्नु गलत भएको जिकिर गरेका छन् ।जंगली भाले हात्तीकै कारण निकुञ्जको हात्ती प्रजनन् केन्द्रका पोथी हात्तीहरू गर्भिणी हुने गरेको तथ्य हुँदाहुँदै यस्तो घटना घटेकोमा संरक्षणकर्मीहरूको आपत्ति छ ।

निकुञ्जको पूर्वी सेक्टर तथा पूर्वका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गत साउनदेखि देखिन थालेको मकुना (दाह्रा नभएको भाले) हात्तीलाई निकुञ्जको सुरक्षार्थ भन्दै खटिएको नेपाली सेनाकै गोली लागेर बुधबार दिउँसो मृत्यु भएको थियो ।गोली हात्तीको घाँटीमा लागेको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा नेपाली सेनाको संयुक्त टोलीमाथि मकुना जाइलागेपछि गोली प्रहार गरिएको दाबी गरेको छ ।सो हात्तीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रबाट निकुञ्जको कोर क्षेत्रमा पठाउने क्रममा सो घटना भएको निकुञ्जले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निकुञ्जले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड हवाई फायर गरिएको र सो पछि झनै उत्तेजित भई सानो हात्ती खगेन्द्रप्रसादमाथि आक्रमण गरेको उल्लेख छ ।

खगेन्द्रप्रसादमा बसेका रेन्जर श्याम तामाङ लडेको निकुञ्जको दाबी छ । दाह्रा नभएको मकुना जिस्काएपछि अरुभन्दा बढी आक्रामक हुने हात्ती हो ।

सो अप्रत्यासित घटना भएपछि सेनाले ३ राउण्ड गोली हानेको र हात्ती झनै आक्रामक बनेपछि अर्को एक राउण्ड गोली हात्तीको घाँटीमा लागेको निकुञ्जको भनाइ छ । सो गोली लागेपछि १ किलोमिटर पर गएर मकुना मरेको अवस्थामा भेटिएको थियो ।

गत साउनदेखि सौराहा क्षेत्रमा देखिन थालेको यो मकुना हात्ती महोत्सवको समापनको दिनमा महोत्सवस्थल बाघमारा सामुदायिक वनको चौरमा नै आएको थियो ।

सौराहाका व्यवसायीले पालेका पोथी हात्तीसँग संशर्ग गर्न सो हात्ती सौराहा क्षेत्रमा केन्द्रित भएको देखिन्छ । निकुञ्जको हात्ती प्रजनन् केन्द्र सौराहामा जंगली रोनाल्डोले नछाड्ने भएकोले अरु हात्तीहरु घरपालुवातिर जाने गरेका छन् ।

निकुञ्जमा गोविन्दे, ध्रुव्रे, रोनाल्डो, मकुना लगायतका जंगली हात्ती छन् । ती हात्तीहरूले सरकारी पोथी हात्तीसँग प्रजनन् गर्छन् ।

प्रमुख संरक्षण अधिकृत गणेश पन्तले सौराहाको बजार क्षेत्र र अन्य बस्तीमा पसेर स्थानीय बासिन्दालाई त्रसित बनाउन थालेपछि मकुनालाई केही धपाउन खोज्दा भवितब्य भएर घटना भएको बताए ।

पूर्वबाट आएको मकुना हात्ती मारिए पनि चितवन राष्ट्रिय निकुञ्जमा भाले हात्तीको संख्यामा कमी हुने र त्यसले दीर्घकालमा हात्ती प्रजनन् समस्या हुन सक्नेतर्फ पनि सचेत बन्नुपर्ने उनको धारणा छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस