समाचार

‘पोखरा भ्रमण वर्ष २०२५’ मनाउदै पोखरा महानगर ,२० लाख पर्यटक भित्र्याउने लक्ष्य

पोखरा ,१ फाल्गुण।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष २०२५’ को रुपमा मनाउँने जनाएको छ । यसका लागि फागुन ३ गते शनिवारका दिन औपचारिक कार्यक्रम गरी घोषणा गर्ने त महानगरले जनाएको छ । आन्तरिक र बाह्य गरी यस वर्ष २० लाख पर्यटक भित्र्याउने र पोखरामा पर्यटकको लागि आकर्षण थप्न विभिन्न प्याकेज दिने तयारीमा महानगर छ ।

भ्रमण वर्षको घोषणा कार्यक्रमका तयारी पुरा भएको विहीबार पत्रकार सम्मेलनमा पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । औपचारिक कार्यक्रम आगामी शनिवार हुने भए पनि भ्रमण वर्षको कार्यक्रम भने जनवरीको पहिलो दिनदेखिनै सुरु भइसकेको उनले बताए । तीनवटै तहका सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर पोखरामा भित्रिने पाहुनाको आकार बढाउनका लागि भिन्दै प्याकेज तयार पार्ने उनले बताए।

पोखरा महानगर गत चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको थियो । पर्यटकीय राजधानी घोषणाको एक वर्ष भएको अवसरमा महानगरले पोखरा भ्रमण वर्ष मनाउन लागेको हो । ‘भ्रमण वर्षभरि नै पोखराको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने आचार्यले बताए । उनले भने, ‘विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना छ ।’ घोषणा कार्यक्रम तथा  वर्षैभरी  अभियानका विभिन्न गतिविधि संचालन गर्नका लागि मेयर आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ७३ सदस्यीय एक निर्देशक समिति र पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा २० सदस्यीय कार्य सम्पादन समिति  र अन्य ४३ समिति  गठन गरिएको छ ।

सुन्दर अन्नपूर्ण हिमश्रृंखलालाको काखमा अवस्थित प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरा हिमाल, ताल, गुफा, कोट धार्मिकस्थल लगायत सुन्दर पर्यटकीय स्थलहरूले सजिएको छ । पोखरालाई अझै समृद्ध बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा पूरा गर्नु पर्ने विभिन्न काम तथा योजनाहरूको लामो व्याख्यासहित पर्यटन राजधानी घोषणा कार्यक्रमका लागि गठित विज्ञहरुको समुहबाट तयार दस्तावेज र प्रतिवेदनलाई पूर्णरूपमा अङ्गीकार गरेको पत्रकार सम्मेलनमा आचार्यले बताए । साथै महानगरपालिकाको नीति तथा कार्यक्रममा समेत संलग्न गरी अगाडी बढिरहेको उनले जनाए ।

यसै क्रममा पर्यटन राजधानी पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ्ग गर्न तथा पोखराको आन्तरिक एवं वाह्य पर्यटनलाई हालसम्मकै उच्चविन्दुमा पुराउन, पोखराको प्राकृतिक, मानव निर्मित गन्तव्य स्थलहरूको प्रचार प्रसार गर्न र यी सम्पूर्ण क्षेत्रहरूको महत्व तथा अवस्थितिलाई जनसमक्ष पुराउन भ्रमण वर्षले सहयोग पुग्ने विश्वास महानगरको छ । साथै पोखराको अर्थतन्त्रलाई चलायमान बनाउँदै स्वच्छ पोखरा, स्वस्थ्य र खुसी पोखरेली बनाउने अभियानमा यो वर्षलाई आधार वर्षको रूपमा लिइएको आचार्यको भनाई छ । घाेषणा सभाकाे प्रमुख अतिथि संघीय अर्थमन्त्री बिष्णु पाैडेल रहेका छन् ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस