पोखरा ,२ फाल्गुण।
गण्डकी प्रदेश सभाको बैठक आज १ बजे बस्ने भएको छ । माघ २१ गते बसेर स्थगित भएको बैठक ३० गतेका लागि डाकिएको थियो । प्रदेश सभा सचिवालय सूचना जारी गरी बैठक फागुन २ गतेका लागि सारेको थियो।
शुक्रबारको बैठकमा सबै दलका नेताहरुले संवोधन गर्ने भएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न बाँकी रहे पनि बैठकका लागि कार्यसूचीको खाका भने तयार भइसकेको छ ।
बैठकमा प्रदेश निजामती ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ । यसैगरी औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक र सामयिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा टेबल हुने छ ।
लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसमेत सदनमा टेबल गरिने सचिवालयले जनाएको छ ।