पोखरा ,२ फागुन ।
फेसबुकमा फेक आइडी बनाइ साथी बनाएर डिपेन्डेन्ट भिसामा युके लैजाने भन्दै ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका–७ स्थायी घर भई हाल जिल्ला काठमाण्डौको सोह्रखुट्टे बस्ने १९ वर्षीय मनिष भुजेल र काभ्रेपलान्चोककै भुम्लु गाउँपालिका–४ का २१ वर्षीय निशान पहारी छन ।
कास्की प्रहरीका निरीक्षक एवं निमित्त सूचना अधिकारी अविनासदीप जिसीका अनुसार पक्राउ परेकाहरुले फेसबुकमा नेहा गुरुङ नामको फेक आईडी मार्फत फेसबुकमा साथी बनाउँदै आएका थिए । उनीहरुले एकजनालाई विभिन्न विभिन्न कुराकानी तथा प्रलोभन देखाई डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनि ६ लाख १ हजार ९ सय ५५ रुपैयाँ ठगी गरे्का थिए । उक्त कुराको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा मिति माघ ३० मा उनीहरुलाई पक्राउ गरेको हो ।