पोखरा ,४ फाल्गुन।
माछापुच्छ्रे गाँउपालिका वडा नं.०७ बस्ने वर्ष ७२ का आईत सिं गुरुङलाइ प्रहरीले पक्राउ गरेको छ। उनलाई लागू औषध गाँजा सञ्चय तथा
विक्री वितरण गर्नुका साथै हातहतियार (बन्दुक) राखि वन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले निजको घर खानतलासी गरेको थियो। उनको घरबाट अबैध रुपमा राखिएको एक
नाले भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने बारुद ३५० ग्राम र लागू औषध गाँजा १ किलो ५०० ग्राम सहित पक्राउ गरेको हो।