स्वास्थ्य

प्रकृति लम्साल मृत्यु प्रकरण ; ओडीसा सरकारद्वार छानबिन समिति गठन

काठमाडौं ,६ फाल्गुन ।

गत आइतबार (फेव्रुअरी १६)मा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको गर्ल्स होस्टलमा बी.टेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएको घटना सम्बन्धमा अनुसन्धान गर्न भारतको ओडिसा राज्य सरकारले एक उच्चस्तरीय समिति गठन गरेको छ ।

समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त (सह–सचिव) सदस्य रहेका छन् ।

“सरकारले गठन गरेको उच्चस्तरीय तथ्य खोजी समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिनेछ,” ओडिसा राज्य सरकारले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केआईआईटी विश्वविद्यालयसँग सम्बन्धित हालैको दुर्भाग्यपूर्ण घटनालाई ध्यानमा राखिएको र तुरुन्तै सुरक्षा गार्डहरूलाई पक्राउ गर्न र गल्ती गर्ने अधिकारीहरूलाई निलम्बन गर्न कदम चालिएको विज्ञप्तिमा उल्लेख छ ।

“निजी व्यक्तिहरूद्वारा विद्यार्थीहरूविरुद्ध बल प्रयोग लगायतका दुर्व्यवहारका घटनाहरूको अनुसन्धान भइरहेको छ र जिम्मेवारहरूलाई कानुनअनुसार जवाफदेही बनाइनेछ,” विज्ञप्तिमा भनिएको छ ।

ओडिसा सरकार प्रत्येक विद्यार्थीको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहको विज्ञप्तिमा जनाइएको छ । ओडिसा सरकारले छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न सबै आवश्यक कदम चाल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

स्वास्थ्य

सशस्त्र प्रहरीको अगुवाईमा बृहत डेंगु नियन्त्रण अभियान सुरुवात

७ भदौ ,पोखरा। पोखरा महानगरपालिकाको वडा नं.८ र ५ मा डेंगुले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी
स्वास्थ्य

बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु

१८ भदौ, बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण ४ जनाको मृत्यु भएको छ ।नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको