पोखरा ,६ फाल्गुन।
नेपाल ईन्जिनियर एसाेसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट विचमा १ वर्षे MOU समझदारी पत्रमा हस्ताक्षर भयको छ।गण्डकी क्षेत्रमा सिभिल र आर्किटेक ईन्जिनियरहरुकाे छाता संस्था नेपाल ईन्जिनियर एसाेसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट्स विचमा सो सम्झाैता भएकाे हो ।
यस एसोसियसनले २०८१ भाद्र २८ गते निर्वाचित भयर आयपछी ईन्जिनियर र ईन्जिनियरिङ छेत्रमा बिबिध कार्यक्रम गर्दै आयको छ।निर्माण क्षेत्रमा क्रियाशिल रहेका दुई हजार ३ सय वढि ईन्जिनियर एसाेसिएसनमा आवद्ध रहेका छन् । MOU सम्झाैता अनुसार १ वर्ष भित्रमा व्रजर पेन्टले ८ लाख रुपियाँ ईन्जिनियरहरुकाे सीप अभिवृद्धिमा र पाेखरामा रहेका ३ वटा ईन्जिनियरिङ कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुकाे सीप मुलक तालिममा खर्च गरिने मंगलबार भयको प्रेस मिट मार्फत जानकारी दिइयको हो। नेपाल ईन्जिनियर एसाेसिएसनका अध्यक्ष सन्ताेष जिसी र व्रजर पेन्टका कन्ट्री मेनेजर राजिव राेय विच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भयको छ ।
कार्यक्रममा बोल्दै राजिव राेयले पेन्टस् र यसकाे प्रयाेग वारे जानकारी दिदै रङ्ग मिलाएर लगाउन जाने लामाे समय सम्म टिक्ने हुनाले तालिम प्राप्त पेन्टरवाट लगाउनु पर्नेमा जाेड दिए । साेहि कार्यक्रममा एसाेसिएसनका पुर्व अध्यक्ष रमेश वाँस्ताेलाले कार्यक्रमकाे सफलताकाे शुभकामना व्यक्त गरेका थिए । एसाेसिएसनका अध्यक्ष ई सन्ताेष जिसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ई विशाल थापाले र सञ्चालन सहसचिव ई मञ्जु शिलाकारले गरेकाे सदस्य ई महेन्द्र पाैडेलले जानकारी दिए ।