खेलकुद

जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१ हुने

पोखरा ,६ फागुन।

“राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ फागुन ९ र १० गते  हुने भयको छ। पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा सो प्रतिायोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समुह अन्र्तगत महिला र पुरुष गरी १ सय ५ जना खेलाडीहरु सहभागि हुने भएको छ ।

यस प्रतियोगितामा पुरुषतर्फ –२५, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ के.जी गरी ९ तौल समुहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । त्यस्तै सचिव हमालका अनुसार महिलातर्र्फ –२५, –३५, –४०, –४४, –४८, ५२ र +५७ के.जी गरी ७ तौल समुहमा प्रतिस्पर्धा हुने भएको छ ।यस्तै यस प्रतियोगिता आयोजना गर्नुको अर्को मूख्य उद्देश्य भनेको यस क्षेत्रमा जुडो खेलको समग्र विकासका साथ–साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु रहेको संघका अध्यक्ष पद्म छन्त्याले बताए  ।

वि.सं २०६६ सालमा पोखरा रंगशालामा १० जना खेलाडीबाट घाँसे मैदानमा स्वयम सेवक प्रशिक्षक रबि चौधरीले यस खेल खेलाउन शुरु गर्नुभएको हो । हाल पोखरा रंगशालाभित्र रहेको जुडो हलमा ५१ जना खेलाडीहरुलाई दैनिक रुपमा स्वयम सेवक प्रशिक्षक चौधरीले प्रशिक्षण दिँदै आइरहेका  छन्  ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
खेलकुद

प्रचण्डद्वारा पारा ओलम्पिक काँस्य पदक बिजेता पलेशालाई सम्मान

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा