पोखरा ,९ फागुन।
बिहिबार लागुऔषध सहित तिन जनालाई पक्राउ गरियको छ। पोखरा महानगरपालिका वडा नं.१४ खाल्टे मसिनाबाट लु २ च १५०९ नं. को बोलेरो जिपबाट लागू औषध ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो। मंगलम कृषी फर्म प्रा.लि.को कम्पाउण्ड भित्र पार्किङ गर्दै गरेको राखेको सो जिपबाट लागू औषध डाईजेपाम- २६४ एम्पुल, बुर्फिननुर्फिन- २६३ एम्पुल र फेनारगन- २६५ एम्पुल गरी जम्मा ७९२ एम्पुल लागू औषध र मोबाईल- ५ थान बरामद भयको छ।
पक्राउ पर्नेमा बोलेरो जिप सहित चालक जिल्ला नवलपरासी पाल्हीनन्दन गा.पा. वडा नं. ६ बस्ने बर्ष ३७ को राजेश सैथवार, सोही जिपमा सवार रामग्राम न.पा. वडा नं.१२ बस्ने बर्ष २८ को संसद अन्सारी र सरावल गा.पा. वडा नं. २ बस्ने बर्ष २४ को प्रेम सागर यादव रहेका छन्। उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान थालियको छ।