समाचार

पोखरा कोटीहोम विवाद अझै सुल्झियन ,पोखरा महानगरपालिकाद्वारा उच्च अदालतमा रिट निवेदन दर्ता

पोखरा ,१२  फागुन।

पोखराको लेकसाईडमा गर्न लागियको  कोटिहोम महायज्ञको विवादमा उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशमा असन्तुष्टि जनाउदै पोखरा महानगर पालिकाले भ्याकेट निवेदन दर्ता गराएको छ ।

लेकसाईडमा गर्ने भनियको  कोटिहोम महायज्ञ पोखरा महानगर पालिकाले रोक्न खोजेको भन्दै महायज्ञ आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले दिएको रिटमा उच्च अदालत पोखराले फागुन १ गते  अन्तरिम आदेश दिँदै महायज्ञ नराेक्न भनेको थियो ।

त्यो आदेश वेरितको भन्दै पोखरा महानगर पालिकाले आज सोमबार सो आदेश रद्द गर्न निवेदन दिएको छ । ६ पेज लामो निवेदनमा लेकसाइडमा के कारणले महायज्ञ आयोजना गर्न उपयुक्त छैन भन्ने कुरा उल्लेख गर्दै स्थानीय सरकारले सो स्थानमा महायज्ञ गर्न स्विकृति नदिनुका कारण उल्लेख गरिएको छ ।

निवेदनमा महायज्ञ गर्ने भनिएको स्थल फेवातालको ६५ मिटरको मापदण्डमा समेत पर्ने र केही दिन भित्रै तालको सिमांकन गर्न सुरु गरिने भएकाले पनि तालको मापदण्डभित्र पर्ने जमिनमा महायज्ञ हुन नसक्ने महानगरपालिकाले  जिकिर गरेको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस