स्वास्थ्य

रुपा १ मा महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण सम्पन्न

पोखरा ,१२ फागुन।

कास्कीको रुपा गाउँपालिका–१ दरगाउँटारमा पाठेघरको भिआइए परीक्षण  सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

स्थानीय सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा १०० जनाको स्वास्थ्य परीक्षण गर्दा १२ जना महिलाहरुमा भिआईए पोजेटिभ देखिएको गण्डकी मेडिकल कलेज पोखराकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.बालकुमारी शाहले वताइन् । उनको टिममा डा.निरुता बुद्ध, डा.पूजा घिमिरे, डा.सुरेश शाह र शुवेच्छा थापा रहेका थिए ।

सो अवसरमा रुपा गाउँपालिका–१ का अध्यक्ष रामबहादुर गोदारले ग्रामिण भेगमा वसोबास गर्ने महिलाहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण गराउन सहज नभएको अवस्थामा गाउँमै आएर महिला दिदीबहिनीहरुको स्वास्थ परिक्षण शिविर आयोजना गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिदै आगमी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको वताए । रोटरी डिस्ट्रिक्ट मेम्बरसिप चेयर सुबास सिग्देलले रोटरी क्बलले विगत लामो समयदेखि रुपा गाउँपालिका भित्र खानेपानी, विद्यालय भवन निर्माण, शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्दै आएको वताए ।कार्यक्रममा जनप्रतिनिधिहरू सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरू, रोटरी क्लब अफ पोखरा न्युरोडका पूर्व अध्यक्ष पशुपति शर्मा, उपाध्यक्षहरु अमृत बास्तोला र पुष्पराज पराजुली, रोटरी क्लबका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

स्वास्थ्य

सशस्त्र प्रहरीको अगुवाईमा बृहत डेंगु नियन्त्रण अभियान सुरुवात

७ भदौ ,पोखरा। पोखरा महानगरपालिकाको वडा नं.८ र ५ मा डेंगुले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी
स्वास्थ्य

बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु

१८ भदौ, बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण ४ जनाको मृत्यु भएको छ ।नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको