मनोरञ्जन

शिव महिमा भजन चुट्का प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज भजन समूह प्रथम

पोखरा ,१५ फागुन।

हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सु–शान्त क्लब पोखरा–१७ बिरौटाको आयोजनामा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू  भएका छन्।कार्यक्रममा शिव महिमा भजन चुट्का प्रतियोगिता, रुद्री पूजा, धुनी जागरण, प्रसाद वितरण साथै भजन कन्सर्ट जस्ता आकर्षक गतिविधिहरू गरिएका थिए ।
कार्यक्रममा भएको भजन चुट्का प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज भजन समूह, हेमजा प्रथम भयो । यस्तै धर्मस्थली भजन समूह, पोखरा–५ ले द्वितीय र मिलिजुली भजन समूहले तृतीय स्थान हासिल गरेका छन् । विजेताले क्रमशः नगद रु. ३०,०००, रु. १८,००० र रु. १२,००० सहित प्रमाणपत्र प्राप्त गरेका छन् । साथै, वालनकला भजन समूहले उत्कृष्ट नृत्यको पुरस्कार प्राप्त गर्दै सम्मानित भयो । प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमख अतिथि केदारेश्वर महादेवमणि सेवाश्रम बोलबमधामका  पीठाधीश डा. स्वामी चिढ्द्धन चैतन्यले धर्म, संस्कृति र ध्यानको महत्त्वबारे प्रकाश पारे । ’महाशिवरात्रि केवल एक चाड होइन, यो आत्मशुद्धि, भक्तिको उन्नति, र समाजमा धार्मिक चेतना फैलाउने अवसर हो।’ उनले भने–’धर्म भनेको केवल परम्पराको निरन्तरता मात्र होइन, यो जीवनको सही मार्गचित्र पनि हो। धर्मले नै मानवलाई नैतिक, अनुशासित र शान्त बनाउने शक्ति प्रदान गर्छ।’
उनले धर्म संस्कृतिको जगेर्ना गर्नका लागि सही ज्ञान र अभ्यास आवश्यक पर्ने बताए । उनले भने–’संस्कृतिलाई जोगाउन यसको व्यवहारिक पक्षलाई आत्मसात् गर्नुपर्छ। हामीले केवल धार्मिक विधिहरू पालन गरेर मात्र होइन, दैनिक जीवनमै नैतिकता, अनुशासन, करुणा, र सत्यताको अभ्यास गरेर पनि धर्मलाई जोगाउन सक्छौं।’उनले ध्यान आत्मचिन्तनको सर्वोत्तम उपाय भएको बताउँदै  ध्यानमा केन्द्रित हुदा मन शान्त हुने विचार राखे । उनले महाशिवरात्रि ध्यान, योग, र आत्मशुद्धिको महत्वपूर्ण अवसर भएको बताए ।कार्यक्रमका गण्डकी प्रदेश सांसद प्रकाश बरालले क्लबले गरेको कार्यक्रमको प्रशंसा गरे ।

सु–शान्त टोल सुधार समितिका अध्यक्ष मिन बहादुर रानाभाटले समाजको विकास केवल भौतिक पूर्वाधारले मात्र हुँदैन, संस्कार र संस्कृतिको जगेर्नाले पनि समाजलाई उन्नत बनाउँने बताए । यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समुदायमा एकता, सहकार्य र नैतिक मूल्यमान्यताहरूको विस्तार गर्न मद्दत गर्छ। हामीले यस्ता कार्यलाई अझ सशक्त रूपमा अघि उनको भनाई छ ।
सु–शान्त क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम पौडेलले महाशिवरात्रि मनाउनु मात्र पर्याप्त नभई धर्म, संस्कृति र परम्परागत मान्यताहरूलाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए। साथै, क्लबले शिवमन्दिर निर्माणका लागि ५१ हजार रुपैयाँको कोष खडा गरेको उनले जानकारी दिए ।

कार्यक्रममा उपस्थित सहभागीहरूले धर्म–संस्कृतिको जगेर्ना गर्दै परम्परागत गतिविधिहरूलाई नीतिगत तरिकाले अगाडि बढाउने आवश्यकताको औंल्याएका थिए। धार्मिक आस्थाको संरक्षण र समाजमा सद्भाव फैलाउने यस प्रकारका कार्यक्रमहरू आगामी दिनमा निरन्तर सञ्चालन गरिने आयोजकले बताएका छन्।धार्मिक कार्यक्रमको औपचारिक सुरुवात बिहान रुद्री पूजाद्वारा गरिएको थियो। सु–शान्त क्लबका उपाध्यक्ष  शिला सिग्देलले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबकी  सचिव सगुन पौडेलले गरेकी थिइन् ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

मनोरञ्जन

पद्माप्रेम थिएटरले शुक्रवारदेखि नाटक जानकी मञ्चन गर्दै

पोखरा ,२७ भदौ। पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखरा ४ गैर्हापाटन स्थित
मनोरञ्जन

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै,काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ ,१ असोज। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष