समाचार

खाना खाँदै गरेको अवस्थामा ढाडमा गोलि हानि युवकको हत्या

काठमाडौं , १८ फागुन ।

बैतडीको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको  शनिबार बेलुका खाना खाँदै गरेको अवस्थामा ढाडमा गोलि हानि हत्या भयको छ। उनि जिप चालक रहेको बताइयको छ। शनिबार राति करिब ८ बजेको यो घटनाबारे प्रहरीलाई भने ९ बजेतिर जानकारी आएको थियो । गोली प्रहारको सूचना आएपछि खाल्चे प्रहरी चौकीबाट सईको कमाण्डको टोली घटनास्थलतर्फ गएको थियो । खाल्चेबाट घटना भएको ठाउँ पुग्न मात्रै करिब ३ घण्टाको पैदल दूरी पार गर्नुपर्छ ।

इलाका प्रहरी कार्यालय पाटनबाट इन्सपेक्टरको नेतृत्वको टोली घटनास्थल परिचालन गरियो । पछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट पनि टोली घटनास्थल गयो ।घटनास्थल पुगेको प्रहरी टोलीले ढाडमा गोली लागेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि भनेर  ल्याउँदा ल्याउँदै उनको बाटामै मृत्यु भएको हो।

अनुसन्धानका क्रममा सोही ठाउँकै अन्दाजी ४५ वर्ष जतिका कर्ण विष्टले सुरेन्द्रमाथि गोली हानेको खुलेको छ ।सुरेन्द्रको हत्यामा पैसा लेनदेनको विषय जोडिएको छ ।  सुरेन्द्रले दाइ नाता पर्ने कर्णलाई ४० हजार रुपैयाँ सापटी दिएका थिए । उक्त रकम फिर्ता गर्न उनले पटक पटक ताकेता गरेका थिए । तर रकम फिर्ता नगरेपछि उनीहरुबीच विवाद समेत भएको थियो। रकम मागेर पटक पटक बेइजत गरेको भन्दै कर्णले खाना खाइरहेको बेलामा आफ्नै भाइ नाता गर्ने सुरेन्द्रलाई गोली दागेको स्थानीयले बताएका छन  । भरुवा बन्दुकबाट गोली प्रहार गरेपछि उनी बन्दुक लिएर फरार भएका थिए ।

प्रहरी चौकीबाट निकै टाढाको ठाउँ, भिर पाखा भएकाले खोजीमा समस्या भएको प्रहरीको भनाइ छ । हत्या गरेर फरार भएका कर्णविरुद्ध यसअघि वन्यजन्तु चोरी शिकारी समेत मुद्दा चलेको पाइएको प्रहरीको भनाइ छ।  हत्याराको खोजीका लागि ४ वटा टोली खटाइएको छ  ।व्यक्ति पहिचान भइसकेकाले छिट्टै उनी पक्राउ पर्ने प्रहरीको दाबी छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस