पोखरा ,२२ फागुन।
महिलालाई जबरजस्ती करणी गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार गिरीलाई बुधवार पक्राउ गरि कास्की ल्याइएको छ । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटना पोखरामा भएकाले गिरीलाई कास्की ल्याएर अनुसन्धान थालिएकाे उनले बताए ।