समाचार

गण्डकी प्रदेश सभामा थप दुई विधेयक दर्ता

पोखरा , २७  फागुन।

गण्डकी प्रदेश सरकारले पछिल्लो समय तीव्र रूपमा विधेयकहरू दर्ता गरेको छ । फागुन २६ सोमबार पनि थप दुई विधेयक गण्डकी प्रदेश सभा सचिवालयमा दर्ता गरेको गण्डकी प्रदेशसभाका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार ‘गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रदेश सभा सचिवालयमा दर्ता भएका हुन् ।

सरकारले पछिल्लो समय विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरू लगातार रूपमा प्रदेश सभामा पेस गर्दै आएको छ । फागुन २३ गते बसेको बैठकमा मात्र प्रदेश सरकारले अध्यादेश प्रतिस्थापन विधेयक प्रदेश सभामा दर्ता गरेको छ । अहिलेसम्म प्रदेश सरकारले ७३ वटा कानुन बनाइसकेको छ । ३ वटा कानुन खारेज गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । तीमध्ये विज्ञान प्रविधिसम्बन्धी विधेयक खारेज गर्ने निर्णयको विरोध भइरहेको छ । ऐन खारेज गर्ने निर्णय सत्ता पक्ष र प्रतिपक्ष दलको नेताले प्रश्नसमेत उठाएका छन् । कतिपय सांसद तथा विश्लेषकहरूले विधेयकहरू पर्याप्त छलफलबिना हतारमा ल्याइएका हुन् कि भन्ने शंका गरेका छन् ।

यसअघि पनि गण्डकी प्रदेश सरकारले आर्थिक, सामाजिक तथा पूर्वाधार विकाससँग सम्बन्धित थुप्रै विधेयकहरू दर्ता गरिसकेको छन् । ती विधेयकहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सांसदहरु बताउँछन् । प्रदेश सभा सचिवालयमा दर्ता भएका यी विधेयक अब प्रदेश सभामा दर्ता हुनेछन् । त्यसपछि विधेयकहरूमाथि छलफल सभामा प्रस्तुत हुनेछ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस