समाचार

महायज्ञको नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष सहित तीनजनाविरुद्ध जाहेरी दर्ता

सिराहा ,९ चैत।

सिराहाको औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काइएका तीनविरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी परेको छ ।

पीडित दीपक मरिक (डोम)ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा जाहेरी दिएका हुन् ।

पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो ।

बाबा बजरंगीले भनेअनुसार गत फागुन १० गते पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलिप यादवले दीपक मरिक डोम परिवारको घर भत्काएका थिए ।

घटना सार्वजनिक भएपछि शुक्रबार नै पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलिप यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । सो घटना पश्चात् शुक्रबार मात्रै सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृहमन्त्रालयले तानिएको थियो ।

पालिका अध्यक्ष पक्राउ परेपछि धाक धम्कीका कारण डोमपरिवार विस्थापित भएको छ । राति पालिका अध्यक्ष यादवका छोरा रुकेश यादव सहित केही व्यक्तिहरू पुगेर डोम परिवारलाई धम्काएका थिए ।

त्यसपछि दीपक मरिक उनकी श्रीमती अनिता अन्यत्र शरण लिएका छन् भने उनका बालबच्चाहरू प्रहरी चौकीमा रात बिताएका थिए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस