समाचार

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत चयन

पोखरा ,१२ चैत।

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् ।

संघको बरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरीप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे यसअघि नै सर्वसम्मत निर्वाचित भईसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । उनका अनुसार संघको उप–महासचिवमा केशव पोखरेल, पाँच सचिवहरुमा शोभा राना, सीता खड्का, गोकुल खत्री, मणी ढुंगाना र खगेन्द्र भण्डारी, कोषाध्यक्षमा अस्मीता पन्त, सहकोषाध्यक्षमा लोकप्रसाद गौतम र कार्यालय सचिवमा बिजय पौडेल रहेका छन् ।

परिषदको सोमबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटनअघि प्रभातफेरी निकालिएको थियो । उद्घाटनको अवसरमा संघका ७ जना पूर्व अध्यक्षहरुलाई सम्मानित गरिएको कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेका संघका निवर्तमान केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस