समाचार

गण्डकी प्रदेशमा अपाङ्गता सम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

पोखरा,१३ चैत  ।
गण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा ७ जना सांसदले आफ्नो धारणा राखे ।सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्य प्रदेश भन्दा पहिले नै आउन लागेको उल्लेख गरे । उनले अन्य प्रदेशहरूमा विधेयक सैद्धान्तिक छलफलमा समेत प्रवेश नगरेको अवस्थामा गण्डकी प्रदेशले यस विषयमा अग्रसरता देखाएको बताए ।

विधेयकले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, वर्गीकरण, परिचयपत्र व्यवस्थापन,सीप विकास, रोजगारी, स्वरोजगार जस्ता विषयलाई समेटेको भनाई उनको छ । साथै,शिक्षा, स्वास्थ्य, निर्देशन समिति गठन लगायतका संरचनात्मक व्यवस्थाको आधारसमेत तयार
पारिएको छ।विधेयक सैद्धान्तिक छलफलपछि विषयगत समितिमा पठाइने छ, जसका क्रममा आवश्यक संशोधनहरू हुन सक्ने बताइएको छ । छलफलका क्रममा ७ जना माननीय सदस्यहरूले राखेका धारणालाई सरकारले स्वागत गर्दै विधेयकलाई अझ प्रभावकारी बनाउने मन्त्री थापाले उल्लेख गरे ।

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी उनले गराए । उक्त विधेयकलाई सरकारले प्रभावित व्यक्तिहरु तथा सम्बन्धित संघसंस्थाहरूसँग छलफल गरि सदनमा प्रस्तुत गरेको भनाई उनको छ ।गण्डकी प्रदेशको यो पहलले नेपालभर अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्ने कानुनी ढाँचा निर्माणमा मार्गप्रशस्त गर्ने अपेक्षा मन्त्री थापाको छ

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस