काठमाडौँ ,१५ चैत।
तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार घाइते सुवास महर्जन घाँटीमा गोली लागेर आएका थिए । ‘४:३० बजे अस्पताल आउँदा नै मृत्यु भएको थियो । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।
मृतकको विस्तृत परिचय खुलिनसकेकाे प्रहरी स्रोतले बतायो । तीनकुनेमा भएकाे आन्दाेलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेकाे थियाे भने पछि रबरकाे गाेली र हवाइ फायर पनि गरेकाे थियाे ।