समाचार

स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन कास्कीको रुपा गाउँपालिकाले सुरु गर्‍यो स्वास्थ्य बिमा

पोखरा,२ बैशाख ।

कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा दिएर स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरे ।
स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको उनले बताए । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५ जनाको परिवारको बिमा गर्दा लाग्ने ३ हजार ५ सय रुपियाँको ५० प्रतिशत गाउँपालिकाले व्यर्होने भएको छ । बिमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको ओझाले जानकारी दिए ।

२ डाक्टरसहित २८ जना अस्पतालमा कार्यरत रहेको र आगामी वर्षदेखि दाँतको सेवा विस्तार गर्ने योजना ओझाले सुनाए । अस्पताल र स्वास्थ्य संस्थामा पालिकाले ५० लाख खर्च गर्दै आएको छ । स्वास्थ्य सेवालाई सहज बनाउन ९ वटै स्वास्थ्य संस्थामा गरी ३७ जनालाई करार नियुक्त गरिएको छ । ओझाका अनुसार अस्पतालमा सेवा लिन आएका मध्ये ३० प्रतिशतलाई मात्र अन्यत्र रिफर गर्ने गरिएको छ । जनतालाई सहज हुने गरी बिहान ८ बजेबाट नै बहिरंग सेवा (ओपिडी) सुरु हुन उनको भनाइ छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जनतासँग प्रत्यक्ष जोडिएको सेवाको सुरुवात हुनु सुखद पक्ष भएको बताउँदै ५ महिनाको तयारीपछि सेवा आरम्भ भएको जानकारी दिए । रुपा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङले स्वास्थ्य बिमा कार्यक्रमको लाभ लिन पालिकावासीलाई अनुरोध गरेका छन् ।

रुपा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवास सुवेदीले अस्पतालबाट २४ सै घण्टा इमर्जेन्सी सेवा, सार्वजनिक बिदाको दिनबाहेक ओपिडी सेवा, निशुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध भएको जानकारी दिए । उनले स्वास्थ्य जनचेतना जगाउन विद्यालय कार्यक्रम अस्पतालले गर्दै आएको जानकारी दिएका हुन् ।

रुपा गाउँपालिकाका उपाध्यक्ष एवं अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष लालसुब्बा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रुपाका स्वास्थ्य संयोजक रामचन्द्र ओझा र जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले रुपा गाउँपालिकाले विकास निर्माणका साथैसाथै स्वास्थ्य सेवालाई पनि प्राथमकितामा राखेर काम गरिरहेको बताए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस