
पोखरा, ४ भदौँ ।
घुम्ने क्रममा एकदिन साथीको घर पुम्दीमा पुगियो । जुन ठाउँ पोखराको पर्यटकिय गन्तव्यसँगै अर्गानिक खानाको लागि प्रख्यात छ । साथीको घरमा गएर थकाइ मा¥यौ, गाउँको चिसो पानी पिएम र यसो बारी तिर आँखा लगाएको त हरियो सागसब्जीहरु टन्नै देखिन्थे ।त्यस माथी लोभ लाग्दो काक्रो झाँडीमा झुण्डिएको देखेर त मन नै थाम्न सकिन । साथीको ममीले छोरीको साथी भनेर टन्नै काक्रो, साग र अचार खानको लागि पुदीना टिपेर प्याक गर्दिनुभयो । अनी ह्ड्निे वेलामा भन्नुभयो त्यो काक्रो राम्रोसँग पखालेर मात्र खानु, किरा लाग्छ भनेर त्यसमा कडा खाले विषदी राखेको छ । अनि यसो सोचे काक्राको लोभमा झाडीबाटै टिपेर नपखालीकन खाएको भए के हुन्थ्यो ?
यो वालीमा किरा लाग्ने डरले मात्र विषादी प्रयोग गरिएको थियो । तर कही कतै छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले कृषि प्राविधिकको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ ।
कास्कीमा छिमेकी जिल्ला पर्वत र तराईका विभिन्न क्षेत्रहरुबाट भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको सरोकारवालाहरुले बताएका छन् ।
सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा नेपालीहरुको भान्सामा विषादी र तरकारी एकैचोटि पाकिरहेको कृषि वैज्ञानिकहरु बताउँछन् । गाउँ र तराईबाट बजारमा आउने तरकारीको परीक्षण गरिँदैन । उपभोक्ताको स्वास्थ्यमा यस्ता तरकारीले कस्तो असर गरेको छ, कसैको ध्यान पुगेको छैन । यस्ता तरकारी खुलेआम बेच्न दिँदा जनस्वास्थ्यप्रति खेलबाड भइरहेको उपभोक्ताको गुनासो छ ।
तरकारीमा नदेखिने विषको प्रयोग हुने कृषि विशेषज्ञहरुले बताएका छन् । विषादीको दुई किसिमबाट प्रयोग गरिने उनीहरुको भनाइ छ । पहिलो चरणमा बिरुवा रोप्दै गर्दा विषादी हालिन्छ । फल फलिसकेपछि तरकारी छिटो बजारमा पुर्याउन पनि कृषकले विषादी हाल्ने गरेको कृषकहरुले बताएका छन् ।
नेपालमा सन् १९५० देखि डिडिटी र पाइरेथ्रम नामका दुई विषादी औलो रोगको रोकथामका लागि लामखुट्टे मार्न भनेर नेपालमा ल्याउन शुरु गरिएको हो । सरकारी तवरबाट भने सन् १९५६ बाट आयात गर्न शुरु गरिएको अभिलेख छ । विस्तारै यसको खपत बढ्दै गएपछि कृषि क्षेत्रमा पनि यसको प्रयोगमा व्यापकता आउँदै गएको हो । हाल नेपालमा वार्षिक रु ७४ करोड ७८ लाख मूल्यका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको छ ।
नेपालमा पङ्जिकृत विषादीको सङ्ख्या (व्यापारिक नाम) २ हजार ५७६ रहेको छ भने १३९ सामान्य पङ्जिकृत विषादी रहेका छन् । सरकारी तथ्याङ्क अनुसार विषादीका १२ हजार ८८७ खुद्रा विक्रेता र ११ हजार ९०८ तालीम प्राप्त बिक्रेता रहेका छन् । सरकारी तथ्याङ्क अनुसार अनुमतिपत्र लिएका संष्लेषणकर्ताको सङ्ख्या भने जम्मा ५ रहेको छ ।
विषादी प्रयोग गरिएका तरकारी, फलफूल तथा खाद्यान्नले दीर्घकालीन असर निम्त्याइरहेका छन् । क्यान्सर, वंशाणुगत परिवर्तन, विकृत बच्चाको जन्म, कलेजो तथा मिर्गौला बिग्रनु, प्रजननमा विकृति, स्नायुसम्बन्धी रोग, एजर्ली, दम, अन्धोपन लगायतका समस्याहरु बढ्दै जानाको पछाडि विषादी प्रयोग गरिएको तरकारी र फलफूलको सेवन नै प्रमुख रहेको छ ।
ज्ञानको अभावमा किसानहरुले कडा भन्दा कडा विषादी तरकारीमा हाल्ने गरेका छन् । विषादीरहित अग्र्या्निक तरकारी खेतीका लागि कृषकहरुलाई जागरुक बनाउनुपर्ने अहिलेको आवश्यकता हो । किसानहरुलाई विषादीरहित तरकारी खेतीका लागि प्रोत्साहन गर्न सरकारले अग्र्या्निक उत्पादनका लागि अनुदान र उपभोक्ताले पनि उचित मूल्य दिन आवश्यक छ । विषादीयुक्त तरकारी खाँदा मानिसलाई विभिन्न किसिमका रोग लाग्ने चिकित्सकहरुले बताएका छन् ।
मानिसको वंशाणुगत क्षमतामै असर, गर्भवतीले बढी खाएमा बच्चा अस्वस्थ जन्मिने, लुलो लङ्गडो हुने र क्यान्सरले समेत सताउने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार तरकारीलाई तीनरचार पटक राम्ररी पखालेर पकाउनुपर्छ । पर्याप्त जानकारी हुँदाहुँनि बाध्यतावश उपभोक्ताले सेवन गरिरहेका छन् । सरकारको विषादी प्रयोग गर्नेलाई कडा कार्वाहीको कानूनी व्यवस्था नगर्दासम्म यस्तो समस्या रहिरहने उपभोक्ताहरुले बताएका छन् ।
संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो । महोत्सवको मूल नारा ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पु¥याऔं’ राखिएको छ । नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतहरूलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताइन् ।
उनका अनुसार गत वर्ष झण्डै ८ हजार दर्शकले अवलोकन गरेको यस महोत्सवमा यस वर्ष गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाको सहभागिता रहनेछ । आन्तरिक तथा बाह्य पर्यटकको व्यापक सहभागिताको पनि अपेक्षा गरिएको छ ।
महोत्सव संयोजक शान्ता तिमिल्सिनाका अनुसार महोत्सवमा सांगीतिक तीज गीत प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम रहनेछन् । गत वर्ष ३० समूहको प्रतिस्पर्धा रहेको तीज गीत प्रतियोगिता यस वर्ष अझै उत्साहपूर्ण हुने अपेक्षा गरिएको छ । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् ।
टेवान महासचिव शोभा अधिकारी पौडेलले पहिलो दिन विहान १०ः३० बजे हल्लनचोकबाट बाजागाजासहित भव्य ¥याली निकालिने जानकारी दिइन् । पर्यटन व्यवसायीका संघसंस्था, आमा समूह, दिदी बहिनी समूह र विविध सांस्कृतिक समूहको सहभागिता रहने उक्त ¥यालीपछि उद्घाटन समारोह हुनेछ । सोही दिनबाट खुला तीज गीत प्रतियोगिता सुरु हुनेछ । दोस्रो दिन विहान १० बजेबाट खेलकुद प्रतियोगिता सुरु हुनेछ । रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुनेछन् ।
यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् । उनले भनिन्, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन् ।’ महोत्सव सम्पन्न गर्न झण्डै १७ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिइन् ।
महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन ठोस योगदान पु¥याउने पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताए । उनले आगामी वर्षदेखि वार्षिक रुपमा टेवानको तीज महोत्सवका लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे ।
पोखराको सुस्त अर्थतन्त्रलाई चलायमान गराउन यो महोत्सवले प्रत्यक्ष सहयोग पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । पर्यटन महिला व्यवसायीको क्रियाशीलता र सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा उनले गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक गौरवलाई पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धिमा अमूल्य योगदान दिन तीज महोत्सवले भूमिका खेल्ने बताए । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले विदेशी पर्यटकलाई तीजको महत्व बुझाउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।
महोत्सवको मुख्य प्रवद्र्धकमा पोखरा महानगरपालिकाको कार्यालय र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवलाई गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद्को सहयोग रहेको छ ।
पोखरा, ४ भदौँ ।
पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो।
गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ ।
सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले महिलाका विचार र आवाजलाई निर्णायक भूमिकामा स्थान दिनुपर्ने बताइन्। उनले समावेशीतालाई सबै संस्थागत अभ्यासमा अनिवार्य रुपमा लागू गर्नुपर्नेमा जोड दिइन्। महिला समावेशी सम्बन्धी नीति नियमहरू बने पनि कार्यान्वयन हुन नसकेको उनको गुनासो छ। हरेक संस्थामा जेसी ९जेंडर समानता० नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा विशेष ध्यान दिन उनले आग्रह गरिन् ।
गोनेसाका प्रशिक्षक सवनम शर्माले महिलामाथि हुने हिंसाका विरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताइन्। अझै पनि समाजमा बोक्सी प्रथा विद्यमान रहेको बताउँदै त्यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखिन्। उनले नेपालको संविधानले हिंसा वा दुव्र्यवहार भएमा कानुनी उजुरी गर्ने अधिकार सुनिश्चित गरेको भन्दै पीडितलाई आफ्नो हक प्रयोग गर्न आग्रह गरिन्।
कार्यक्रममा गण्डकीका प्रेस रजिस्ट्रार विमला भण्डारी, क्रियाशील महिला पत्रकार महासंघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पंगेनी, इन्सेकका संयोजक गणेश भण्डारी, गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा र कार्यक्रम संयोजक मुना दवाडी, वरिष्ठ पत्रकार श्याम कुवँर लगायले बोलेका थिए ।
सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठको अध्यक्षता र कोषाध्यक्ष उमा आलेमगरको सञ्चालनमा भएको कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ – फोेनिज ) का गण्डकी ईन्चार्ज रुद्र श्रीसमगर, फेडोका प्रदेश अध्यक्ष सुमित्रा गायक, सदस्य गंगा सापकोटा, कार्यक्रम संयोजक ईश्वरी विक लगायतको उपस्थिति थियो।
पोखरा, ४ भदौं । उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ ।
पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङ स्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा कार्यक्रम भएको हो । खासगरी पछिल्ला वर्षहरुमा नेपालको सिमावर्ती तराई र सँगैका भारतीय शहरबाट पर्यटकहरु एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम चलेपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको हो ।
समुन्द्र सतहबाट एक सय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा भएको व्यवसायीहरुले चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यस विषयलाई नीति निर्माण तहबाटै सुधार गर्न गण्डकी प्रदेश सभामा आफूले कुरा उठाउने प्रतिवद्धता सुनाए । अन्नपूर्ण क्षेत्रको मूल पर्यटन भनेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा आधारित पर्यटन भएको भन्दै उनले यस क्षेत्रका विभिन्न ठाउँमा पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्रीको व्यवस्था हुनुपर्ने सुझाव राखे ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले अव पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने सुझाव राखे । भारतीय पर्यटक रातारात एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुबै ठाउँमा रात नकाटी फर्कने परिपाटीले सुरक्षा जोखिम बढेको मात्र नभई बसाई अवधि पनि छोटिन पुगेको बताए । यस्तो जोखिम मोल्दा लेक लागेर कतिपय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले स्मरण गराए ।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले पर्यटकलाई राम्रो सूचना प्रदान गरेर उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे । यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचनाकेन्द्रको आबश्यकता समेत उनले औंल्याए । पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण विषय भएको भनाई उनले राखे ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाईमा पुर्याएर जोखिममा पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्न केही दिन अघि आफ्नो संस्थाले एक विज्ञप्ति निकाली ध्यानाकर्षण गराएको स्मरण गराए । विषयलाई बाहिर ल्याउँदा समेत सरकारी पक्षबाट गंभिरतापूर्वक नलिइनु दुःखद भएको भनाई उनले राखे ।
आयोजक संस्था घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट २८०० मिटर माथीको उचाईमा पुग्नु जोखिमपूर्ण हुने विषय स्मरण गराए । यो विषय धेरै पर्यटकले समेत थाह नपाएको हुन सक्ने भन्दै उनले पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने विषय जानकारी गराउनुपर्ने भनाई राखे । समथल ठाउँबाट आउने कतिपय पर्यटकले उचाईमा पनि उस्तै त होला नी भन्ने खालको शोच राख्ने गरेको उनले सुनाए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताए । एक्याप क्षेत्रमा २४५० होटल रहेको तथ्यांक दिंदै उनले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको भनाई राखे । अन्नपूर्ण क्षेत्र साहासिक पर्यटन क्षेत्र भएको भन्दै पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने सुझाव राखे ।
एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक एकजना नागरिक रहेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरु पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेनामूलक पुस्तिका वितरण गर्ने र आबश्यक ठाउँमा सूचनामूलक बोर्डहरु राख्दा उपयुक्त हुने सुझाव राख्दै यसका लागि बोर्ड सघाउन तयार रहेको प्रतिवद्धता जनाए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स्) कार्डको अनिवार्य व्यवस्थाले पर्यटकको सुरक्षा बढ्ने भनाई राखे । नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटकको सुरक्षाका लागि नीति र नियमन दुबै जरुरी भएको भनाई राखे ।
कास्की , ४ भदौ
पर्यटकीय गाउँपालिका कास्कीको माछापुच्छ्रेले हरेक वर्ष अनेकन नीति तथा योजना अघि सार्छ । पालिकाले सम्पादन गरेका मध्ये केही त्यस्ता उदाहरणीय कार्य पनि छन् जसले पालिकाका नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारसँग जोड्ने गरेको छ । पालिकाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका छन् जस मध्ये केहि कार्यले त पालिका साँच्चिकै स्थानीय सिंह दरबार भएको महसुस गराउँछ । ति मध्ये एक हो विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै’ अभियान । पछिल्लो समय कक्षा १२ सकेपछि विद्यार्थीहरु विदेश भासिने क्रम व्यापक छ । वैदेशिक रोजगार मुख्य केन्द्र हुँदा बसाइँसराइले गाउँनै रित्तिन थालेको छ । यसरी गाउँनै रित्तिने र पालिकाभित्र सीप प्रदान गर्न विद्यार्थी लक्षित ‘सिक्दै कमाउँदै’ योजना अघि सारेको छ । गत चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै राखेर अघि बढाएता पनि यसको सुरुवात भने नयाँ आर्थिक वर्ष चालु बाट मात्रै भयो । हाललाई पालिकाले चार विद्यालयमा सो अभियान अघि बढाएको छ । माछापुच्छे्र गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार वडा नम्बर ७ धम्पुसस्थित उदय माविमा मोडा बुन्ने, वडा २ माछापुच्छे्र मावि र वडा नम्बर ६ बाराहि माविमा च्याउ खेती तथा वडा नम्बर ३ शुक्लागण्डकी माविमा टनेलसहित तरकारी खेतीको सुरुवात भएको छ । विद्यार्थीहरुलाई कृषिमा आबद्ध गराउन र सीप प्रदान गर्नु नै पालिकाको मुख्य ध्येय छ । त्यतिमात्र होइन, सामुदायिक सिकाइ केन्द्र र पालिकाको साझेदारीमा १५ लाखमा झोला उद्योगसमेत खोलेको छ । बजारमा एक हजार पाँच सय रुपैयाँ पर्ने झोला पालिकाभित्रका विद्यालयमा पाँच सय रुपैयाँमा दिने योजना रहेको अध्यक्ष गुरुङ बताउछन् ।
‘केही बजेट छुट्याएका छौं, गत वर्ष यो योजना ल्याए पनि आर्थिक वर्षको अन्त्यमा मात्रै सुरुवात भएको छ । यो मावि पढ्ने विद्यार्थीहरुले नै गरिरहेका छन् । अहिलेबाटै सीप सिके भविष्यमा सजिलो हुन्छ भनेर नै अगाडी बढाएका हौं’, उनले भने, ‘यो सुरुवात हो । यो बाहेक मार्केटमा एक हजार पाँच सय पर्ने झोलालाई हामी पाँच सयमा दिने गरी सामुदायिक सिकाइ केन्द्रसँगको साझेदारीमा झोला उद्योग समेत सञ्चालन गरेका छौं ।’
सिक्दै कमाउँदै अभियानमा पालिकाले उत्पादन भएका तरकारीलाई सुपथ मुल्यमा दिने गरी व्यवस्थापन गर्ने उनले बताए । पालिकाले पञ्चवर्षिय शिक्षा योजना निर्माण, स्थानीय पाठ्यक्रम निर्माण गरि कार्यान्वयनमा ल्याएको छ । यस्तै सुत्केरी सट्टा शिक्षक व्यवस्थापन, प्रधानध्यापक व्यवस्थापन तथा ५ वर्षे कार्यसम्पादन करार प्रधानाध्यापकलाई प्रोत्साहन भत्ताकोसमेत व्यवस्थापन गरेको छ । यीबाहेक पालिकाले गरेका असल कृत्यमा नागरिकता सिफारिसमा पूर्ण निःशुल्क गरिएको छ । गाउँपालिकाभित्र जन्मिएका बालिकाको नाममा खाता खोली पाँच हजार रुपैयाँसमेत जम्मा गर्ने योजना अघि सारेको छ । बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम माध्यमिक विद्यालयहरुमा सञ्चालन गर्दै आइरहेको छ ।
यस्तै वर्थिङ सेन्टरमा बच्चा जन्मनुभन्दा ५ दिन अगाडि र बच्चा जन्मिएको ५ दिन पछाडिसम्म एकजना कुरुवा समेतलाई खान र बस्नको व्यवस्था पालिकाले गर्दै आइरहेको छ । गर्भवती अभिमुखीकरण कार्यक्रम वर्षमा दुईपटक र गर्भवती महिलाको भिडियो एक्सरे हरेक ३ महिनामा निःशुल्क प्रदान गर्दै आइरहेको छ ।
पोखरा ,४ भदौ
गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन र बिक्रीलाई वैधानिकता दिने विधेयक प्रदेश सभाबाट पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकबाट गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि प्रदेशमा घरेलु मदिराले वैधानिकता पाउनेछ । यसका लागि बढीमा एक महिना समय लाग्नेछ । विधेयकले घरेलु मदिरा उत्पादन र बिक्री गर्न उद्योग तथा वाणिज्य हेर्ने जिल्लास्थित कार्यालयमा दर्ता भई इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । धर्म, संस्कृति र घरायसी प्रयोजनका लागि वार्षिक ६० लिटरसम्म मदिरा उत्पादनका लागि भने कुनै रोक लगाइएको छैन । सरकारले वार्षिक ५० लिटरसम्म उत्पादन गर्न सकिने गरी विधेयक दर्ता गराएको थियो । अर्थ तथा विकास समिति र त्यसअन्तर्गत गठित उपसमितिमा छलफलपछि दफा ३ को उपदफा २ मा संशोधन गरेर ६० लिटरसम्म घरेलु मदिरा र ६० लिटरसम्म जाँड उत्पादन गर्न बाधा नपर्ने व्यवस्था गरिएको हो । सरकारले प्रस्ताव गरेको विधेयकमा जाँड उत्पादनसम्बन्धी कुनै व्यवस्था समावेश थिएन ।
घरेलु मदिरा उत्पादन गर्दा कोदो, फापर, उवा, जौ, गहुँ वा मकैमध्ये कुनै एक, स्याउ, सुन्तला, खुर्पानी, मेवा, अम्बा, लिची, ऐसेलु, चुत्रो, डिम्बरलगायत फलफूलमध्ये कुनै एक र जडीबुटीमा मर्चाको प्रयोग गरिनुपर्ने व्यवस्था विधेयकले गरेको छ । संकलन, बोटलिङ, प्याकेजिङ तथा लेबलिङ गरी बिक्री गर्ने उद्योगले इजाजतपत्र प्राप्त व्यक्तिसँग घरेलु मदिरा संकलन सम्बन्धमा सम्झौता गर्नुपर्ने हुन्छ ।
उद्योगले वर्षभरिमा उत्पादकबाट खरिद गर्ने घरेलु मदिराको अनुमानित परिमाण, घरेलु मदिरा सम्बन्धमा उत्पादकले प्रयोग गर्ने कच्चा पदार्थ, मर्चा, उत्पादन र भण्डारणमा प्रयोग हुने सामानमा एकरुपता र कायम गर्नुपर्ने गुणस्तर, उत्पादकले घरेलु मदिरा उपलब्ध गराउने अनुमानित अवधि, उत्पादकले घरेलु मदिरा उत्पादनको लागि प्रयोग हुने कच्चा पदार्थको आपूर्ति गरिने क्षेत्र वा स्थान र आपूर्तिकर्तासम्बन्धी विवरण, घरेलु मदिरा खरिद, संकलन तथा भुक्तानीसम्बन्धी अन्य आवश्यक विषय सम्झौतामा उल्लेख गरिनुपर्ने व्यवस्था विधेयकमा छ ।
उत्पादकले घरेलु मदिरामा तोकिएको अल्कोहलको मात्रामा एक प्रतिशतभन्दा बढी फरक वा गुणस्तरमा उल्लेखनीय रूपबाट फरक पार्न नपाउने व्यवस्था विधेयकको दफा १५ को उपदफा ३ मा उल्लेख छ । उपदफा ४ ले घरेलु मदिराको मात्रा वा गुणस्तर जाँच गर्न प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्न वा प्रदेशभित्र कुनै प्रयोगशालाामा गुणस्तर जाँच गर्ने गरी तोक्न सक्ने व्यवस्था समेटेको छ। मर्चामा प्रयोग हुने जीवाणु प्रजाति प्रदेश सरकारले तोकेको प्रयोगशालाबाट प्रमाणित र मर्चाको गुणस्तर परीक्षण हुनुपर्ने, मर्चाका लागि कच्चा पदार्थ प्रयोग गर्नुअघि प्राथमिक प्रशोधन क्लिनिङ, ड्राइङ अनिवार्य गर्नुपर्नेछ । मर्चामात्र उत्पादन गर्ने व्यक्ति, उद्योग, फर्म वा संस्थाले इजाजतपत्र लिएर बिक्री गर्नुपर्ने व्यवस्था दफा ३० ले गरेको छ । मर्चाको लेबलिङमा उत्पादकको विवरण, म्याद समाप्त हुने मिति, प्रयोग भएका कच्चा पदार्थ, प्रयोगको मात्रा र विधि, तौल र मूल्य, भण्डारणसम्बन्धी जानकारी अनिवार्य उल्लेख गर्नुपर्ने दफा ३१ को उपदफा १ मा उल्लेख छ । उत्पादकले आफैं मर्चाको उत्पादन गरी घरेलु मदिरा उत्पादन गर्दा भने कुनै बाधा पर्ने छैन ।
इजाजत–पत्र प्राप्त फर्मबाहेक अरूलाई मदिरा खुद्रा वा थोक कुनै पनि प्रकारले बिक्री वितरण गर्न नपाइने व्यवस्था विधेयकमा समावेश छ । प्लास्टिकको बोतल वा पोकामा घरेलु मदिरा राखेर बिक्री गर्न नपाइने व्यवस्था दफा १८ ले गरेको छ ।





