२०८३ जेष्ठ १८ सोमबार
२०८३ जेष्ठ १८ सोमबार

पोखरा, ०४ वैशाख ।

रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपालले सह प्रायोजकमा रहेर साथ दिने भएको छ । स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल र पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बीच १० औं पोखरा स्पोर्टस अवार्डमा एक अर्काबिच सहकार्य गर्ने गरि सम्झौता भएको हो । सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे ।

सो अवसरमा वोल्दै केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले केल्मे नेपालले खेलकुदको क्षेत्रमा साथ, सहयोग र सहकार्य गर्दै आइरहेको र पर्यटकीय राजधानी पोखरामा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डमा समेत सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । गण्डकी प्रदेशका खेलाडीहरुलाई लक्षित गरि आयोजना गरेको अवार्डको सफलताको कामना समेत गरे ।

केल्मी नेपालले केल्मी ब्राण्डको फुटबल, फुटसल जुत्ता, खेलकुद कपडा जर्सी, ट्रयाकसुट, शर्ट, खेलकुदका सामाग्रीहरु ब्याग मोजाको बिक्री वितरण गर्दै आइरहेको र विशेषगरी नेपाली खेलाडी र क्लबहरुले बढी मात्रामा रुचाएको न्यौपानेको भनाई थियो ।

मञ्चका अध्यक्ष एमबी आस्थाले अन्तराष्ट्रिय ब्राण्ड केल्मीको आधिकारीक बिक्रेता केल्मी नेपाल संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । विभिन्न आठ विद्यामा आयोजना हुने पोखरा स्पोर्टस अवार्डमा केल्मी संग सहकार्य गरेर अगाडी बढ्न पाउदा खेलकुद क्षेत्रमा साथ र सहयोग गर्दै आइरहेको केल्मी प्रति आभार प्रकट गरे ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ । त्यसैगरी सहयोगीहरुमा सहारा क्लब, टाइगर ग्रुप अफ पोखरा, तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन) रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

 

पोखरा, ०४ वैशाख ।

स्कुल अफ इन्जिनियरिङ्ग पोखरा विश्वविद्यालयको आयोजना र संकाय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहकार्य र सहजिकरणमा स्कुल अफ इन्जिनियरिङ्गको क्एज्भ्च्ब् हलमा दुई दिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भयो ।

मिति २०८३र०१र०३ गते देखि सञ्चालित सो तालिमको उद्घाटन सत्रमा उपकुलपति प्रा।डा। बेद राज केसी, रजिस्ट्रार सह(प्राध्यापक डा। अजय थापा, विज्ञान तथा प्रविधि संकायका डीन सह(प्राध्यापक इन्जिनियर बुद्धिराज जोशी, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री सुरेन्द्र बाबु तिवारी तथा इन्जिनियरिङ्ग संकायका निर्देशक प्रा।डा। विनय कुमार मिश्रज्यूको विशिष्ट उपस्थिति रहेको थियो । उहाँहरूले यस्ता तालिम कार्यक्रमहरूले संस्थागत

कार्यसम्पादनमा सुधार ल्याउने, शैक्षिक तथा प्रशासनिक कार्यबीच समन्वय मजबुत बनाउने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने कुरामा जोड दिनुभयो ।
तालिममा अनुभवी विशेषज्ञहरूद्वारा अन्तरक्रियात्मक तथा ज्ञानमूलक सत्रहरू सञ्चालन गरिएका थिए । जसमा सुश्री टोलमाया थापाले शैक्षिक र प्रशासनिक कार्यबीचको अन्तरसम्बन्ध, इन्जिनियर मनोज पौडेलदले जिन्सी व्यवस्थापन तथा लिलामीरविक्री प्रक्रिया, कार्यसम्पादन मूल्यांकन र शैक्षिक भ्रमण व्यवस्थापनसम्बन्धी प्रशिक्षण गर्नुभएको थियो भने पुर्व सहसचिव केशव राज ढकालले लेखापरीक्षण बेरुजु र बेरुजु, इन्जिनियर नवीन गौतमले सार्वजनिक खरिद र श्री सुरेन्द्र बाबु तिवारीले समावेशी सञ्चार विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

तालिम सत्रहरु अत्यन्तै अन्तरक्रियात्मक र व्यवहारिक बनाइएको थियो र सोही अनुसारको प्रतिक्रिया तालिममा सहभागीहरुको तर्फबाट समेत प्राप्त भएको थियो । जसले गर्दा सहभागीहरूको कार्यशैली र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । पोखरा विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग संकाय, डेभलपमेन्ट तथा सामाजिक इन्जिनियरिङ्ग संकाय र विज्ञान तथा प्रविधि संकाय कार्यक्रमबाट गरी ३० भन्दा बढी प्राध्यापक ९मुख्यतः कार्यक्रम संयोजक० तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अन्तिम सत्रमा आर्ट अफ लिभिङ फाउन्डेसनको टोलीद्वारा योग कार्यक्रम सञ्चालन गरिएको थियो र समापन सत्रमा तालिममा सहभागीहरुलाई इन्जिनियरिङ्ग संकायका निर्देशक प्रा।डा। विनय कुमार मिश्र र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले सयुक्त रुपमा प्रमाणपत्र वितरण प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको समापन इन्जिनियरिङ्ग संकायका निर्देशक प्रा।डा। विनय कुमार मिश्रज्यूले तालिमका मुख्य उपलब्धिहरूको समीक्षा सहित समापन गर्नुभयो । दुई दिन सम्म सञ्चालन गरिएको तालिमको सञ्चालन इन्जिनियरिङ संकायका उपप्रध्यापनक इन्जिनियर सञ्जय बरालज्यूले गर्नुभएको थियो ।

 

पोखरा, ०४ वैशाख ।

पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस संघले पत्रकार सम्मेलनमार्फत दिएको हो ।

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडी सहित करिब ९० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताको तयारी पुरा भएसँगै स्थानिय खेलाडीहरुले यो प्रतियोगितालाई अवसरको रुपमा लिएको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको उनले जनाए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च लाग्ने संघका कोषाध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए । उनका अनुसार पोखरामा खेल पर्यटन प्रवर्द्धनका लागि पनि प्रतियोगिता महत्वपूर्ण हुनेछ । विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै, प्रतियोगिताले खेलाडीहरुको जुनियर वरियतामा सुधार ल्याउन समेत सहयोग पुग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आएका संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा पोखरासहित काठमाडौं, चितवन र बुटवलका खेलाडीहरुको सहभागिता रहने संघका कार्यवाहक अध्यक्ष नविन चालिसेले बताए । यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीहरुको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाई थियो ।

पोखरा, ०४ वैशाख ।

पोखरा ८ सिमलचौर स्थित जनप्रिय माध्यमिक विद्यालयमा गठन भएको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदस्थापना भएको छ । विद्यालयको चौतर्फी हित गर्न गठित समितिका सदस्यलाई पदस्थापना गरिएको विद्यालयका प्रअ देवीप्रसाद वस्ताकोटीले जानकारी दिए । निवर्तमान बनेका अध्यक्ष परशुराम बरालले नवनिर्वाचित अध्यक्ष ईश्वरप्रसाद सुवेदीलाई पदस्थापना गराउँदै माइनुट समेत हस्तान्तरण गरेका थिए ।

व्यवस्थापन समितिमा सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी, शुष्मा खनाल सिग्देल र वसन्तप्रसाद सिग्देल रहेका छन् । विद्यालयको सभाहलमा भएको कार्यक्रममा नवनिर्वाचित शिक्षक अभिभावक संघको अध्यक्ष केदार धमला तथा संघका सदस्यहरु कवितादेवी ढकाल रेग्मी, रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ र सपना पराजुलीलाई पदस्थापन गरिएको विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले जानकारी दिए ।

पदस्थापना समारोहमा पोखरा महानगर वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको प्रगति र उन्नतीको लागि निरन्तर सहयोग गर्न वडा तयार रहेको बताउँदै विद्यालयलाई करोडौं रुपैयाँ आवश्यक परे लगानी गर्न तयार रहेको बताए । शिक्षा नियमावली २०७४ को विभिन्न नियम तथा विनियम अनुरुप विद्यार्थीको हितमा विद्यालयले गर्नु पर्ने शैक्षिक गतिविधि अन्तर्गत विद्यालयलाई नमुना बनाउन विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटी आफू विद्यालय व्यवस्थापन समिति तथा संघको सदस्य सचिव भएको नाताले सवै कसरत गर्ने उल्लेख गरेका थिए ।

पदस्थापन कार्यक्रममा प्रअ वस्ताकोटीले कास्कीको मात्र नभई राष्ट्रलाई योगदान दिन सक्ने शैक्षिक एवं योग्य जनशक्ति उत्पादन गर्न विद्यालयले रचनात्मक शैक्षिक कार्यक्रम ल्याउन विव्यासले पूर्ण सहयोग गर्नेमा आफू विश्वस्त भएको बताए । विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले सञ्चालन गरेको पदस्थापन कार्यक्रममा प्रतिवद्धता जनाउँदै नवर्निवाचित अध्यक्ष ईश्वर प्रसाद सुवेदीले विद्यालयलाई पूर्ण सहयोग रहने धारणा राखेका थिए । पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष केदार धमलाले विद्यालय सधै पहिलो भन्ने मान्यता ग्रहण गर्न शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेका थिए । शैक्षिक सत्र सुरुवातमा पुस्तक वितरण, भर्नां प्रक्रिया तथा अभिभावकको चाहनालाई ध्यान दिदै सरल र सहज ढंगको वातावरण सिर्जना गर्न धमलाले अनुरोध गरेका थिए ।

शिक्षक अभिभावक संघको पहिलो बैठक समेत बसेको छ । संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा बसेको बैठक सदस्य सचिव प्रअ देवीप्रसाद बस्ताकोटीले सञ्चालन गरेका थिए । वैठकमा विषयगत सुधार गर्ने, महानगरको निर्देशन अनुरुप कक्षा सुचारु गर्ने, शिक्षक तथा कर्मचारीबाट हुने लापर्वाहीलाई न्यूनीकरण गर्ने, अभिभावकको उपस्थिति तथा हेरचाहलाई कडाइ गर्ने, वडा नं ८ मा रहेका राम आधारभूत, जनप्रिय मावि र जनप्रिय क्याम्पसलाई एक आपसमा समन्वय गरेर शैक्षिक क्षेत्रमा नमुना वडा स्थापित गर्ने अभियानलाई अगाडि बढाउने निर्णय भएको शिक्षक अभिभावक संघका अध्यक्ष धमलाले जानकारी दिए ।

पोखरा, ०४ वैशाख ।

१० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बिहीबार सम्झौता भएको छ ।

पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हिमश्री फुड्सको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश केसी र १० औं पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगरको रोहबरमा उक्त सम्झौता सम्पन्न भएको हो ।

सो अवसरमा वोल्दै हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले विगतका संस्करणहरुमा समेत सहभागीता जनाउदै आएको हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले १० औं संस्करणमा टाइटल स्पोन्सरमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए । खेलकुद क्षेत्रमा लामो समयदेखि साथ र सहयोग गर्दै आइरहदा पोखरा स्पोर्टस अवार्ड विशुद्ध खेलाडीहरुमा समर्पित हुने भएकाले उक्त कार्यमा सहभागी हुनु आफैमा गर्वको कुरा रहेको केसीको भनाइ रहेको थियो ।

पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले हिमश्री फुड्स प्रालिले विगतका संस्करणहरुमा समेत साथ र सहयोग गर्दै आइरहदा १० औं संस्करणमा टाइटल स्पोन्सर गरी थप हौसला प्रदान गरेकोमा हिमश्री फुड्का निर्देशक प्रकाश केसी प्रति आभार प्रकट गरे । हिमश्री फुड्स द्धारा उत्पादित दक्षिण एशियामै नुडल्समा पहिलो रारा तयारी चाउचाउ नेपालमै निकै लोकप्रिय इन्स्टयान्ट नुडल्स मध्येको एक हो । अहिले रारा तयारी चाउचाउ संगै रारा हट एण्ड स्पाइसी चाउचाउ समेत उत्पादन गर्दै आइरहेको छ । हिमश्री फुड्सले स्थानीय स्वादलाई ध्यानमा राखेर खाद्य उत्पादन गर्दै आइरहेको हिमश्री फुड्स प्रालिका महा प्रवन्धक शिव गिरीले बताए ।

विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ । त्यसैगरी सेगीहरुमा तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन) रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

काठमाडौं ।

यौनिक अल्पसंख्यक समूदाय (तेस्रोलिंगी)का केही व्यक्तिहरुले प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो र्यापमाथि आपत्ति जनाउँदै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।उक्त र्यापमा प्रयोग गरिएका शब्दहरु महिलाविरोधि तथा यौनिक अल्पसंख्यक समूदायमाथि घृणा फैलाउने खालका भएको आरोप लगाइएको छ ।

यौनिक अल्पसंख्यक समूदायका वन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुनले आज उजुरी दिएका हुन् । उजुरी लिएर ब्यूरोले यसलाई प्रक्रियामा लैजाने मौखिक आश्वासन दिएको छ । उजुरी दर्ता हुन भने बाँकी छ ।१२ वर्षअघि युट्यूवमा अपलोड भएको बालेन र लिटल ग्रिजलको र्‍याप ब्याटलमाथि उनीहरुले आपत्ति जनाएका हुन् । यो भिडिओमा थुप्रै अश्लिल, स्त्रीद्वैषी र तेस्रोलिंगी समुदायलाई अपमानित गर्ने शब्दहरु छन् । हालै प्रधानमन्त्री बालेनलाई सामाजिक सञ्जालबाट अश्लिल गालीगलौज गरेको आरोपमा एकजना पक्राउ पर्दा यो र्याप ब्याटल चर्चामा आएको थियो ।

सङ्स नेपाल युट्यूव च्यानलबाट अपलोड भएको भिडिओलाई अहिलेसम्म एक करोड ५० लाखभन्दा बढी भ्यूज प्राप्त भएको छ । यो र्याप ब्याटलमा दिवंगत र्‍यापर यमबुद्ध पनि देखिएका छन् ।साइबर ब्यूरोमा दिइएको उजुरीमा र्याप ब्याटलमा प्रयोग भएका हिँजडा, छक्का जस्ता शब्दहरुले यौनिक अल्पसंख्यक समूदायको मानमर्दन भएको गुनासो गरिएको छ ।

यो भिडिओबाट भएको कमाई यस समुदायको सकारात्मक सन्देश सम्प्रेषण हुने काममा खर्च गर्न माग गरिएको छ । भिडिओ हटाउन र सार्वजनिकरुपमा माफी मागेर उचित क्षतिपूर्ति दिलाई भराउन पनि माग गरिएको छ ।

अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकमार्फत संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय समन्वयलाई थप प्रभावकारी र अनुशासित बनाउने गरी १६ बुँदे निर्णय गरेको छ । यी निर्णयले सङ्घीयताको मर्मअनुसार नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुशासन, वित्तीय पारदर्शिता र राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकता दिएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बैठकले वित्तीय हस्तान्तरण, राजस्व व्यवस्थापन, बजेट कार्यान्वयन र कानुनी सुधारका क्षेत्रमा स्पष्ट नीतिगत निर्देशन दिएको छ ।

मुख्य बुँदाहरु ;

१. सङ्घीयताको मर्मअनुसार तीनै तहका सरकारले सेवा प्रवाह र सुशासनमा केन्द्रित रहने गरी अन्तर–सरकारी वित्त परिषद्को ११औँ बैठकका निर्णयहरूको तत्काल कार्यान्वयन गर्ने ।

२. अन्तर–सरकारी वित्तीय व्यवस्थापन ऐन २०७४ लगायत वित्तीय सङ्घीयतासम्बन्धी कानुन संशोधन र ‘बजेट अनुशासन सम्बन्धी कानुन’ को मस्यौदा तयार पार्ने प्रक्रिया अर्थ मन्त्रालयले तीव्र गतिमा अघि बढाउने ।
३. वित्तीय हस्तान्तरण प्रणालीमा सुधार गर्दै सङ्घीय बजेट वृद्धिको अनुपातमा वित्तीय समानीकरण अनुदान बढाउने र सशर्त अनुदानलाई क्रमशः घटाउने नीति लिने ।

४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार विद्युत्, पर्वतारोहण, वन र खानी रोयल्टीमा स्थानीय तहको हिस्सा वृद्धि गर्न नयाँ सूत्र तत्काल कार्यान्वयनमा ल्याउने ।

५. राजस्व चुहावट नियन्त्रणका लागि तीनै तहबीच कडा समन्वय गर्ने । प्रत्येक तहले चालु आर्थिक वर्षभित्रै ‘राजस्व सङ्कलन तथा चुहावट नियन्त्रण सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयन गर्ने ।

६. दोहोरोपना र साना टुक्रे योजनामा बजेट छरिने प्रवृत्तिको अन्त्य गर्न विकास आयोजनाको न्यूनतम थ्रेसहोल्ड निर्धारण गरी बजेट विनियोजन गर्ने । तीनै तहले ‘आयोजना बैंक’ को अवधारणा अनिवार्य कार्यान्वयन गर्ने र राष्ट्रिय योजना आयोगले तिनको एकीकरण गर्ने ।

७. एक स्थानीय तहमा उत्पादित वस्तु अर्को स्थानीय तह हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर, दस्तुर वा शुल्क नलगाउने । यसविपरीत शुल्क लगाइरहेका स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत तत्काल हटाउन निर्देशन दिने ।

८. चालु खर्चको आर्थिक दायित्व घटाउन तीनै तहले मितव्ययिता नीति कडाइका साथ पालना गर्ने । सङ्गठन संरचना, पुनर्संरचना र कर्मचारी दरबन्दीको पुनरावलोकन गरी प्रशासनिक दक्षता अभिवृद्धि गर्ने ।

९. प्रदेश र स्थानीय तहका स्थायी कर्मचारीको अवकाशपछिको भुक्तानी व्यवस्थापन गर्न ‘योगदानमा आधारित उपदान कोष’ मिति २०८३ साउन १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्ने । बाँकी प्रदेश र स्थानीय तहलाई सम्बन्धित मन्त्रालयबाट परिपत्र जारी गर्ने ।

१०. बजेट ‘अवण्डा’ मा राख्ने प्रवृत्ति अन्त्य गर्न पुराना रुग्ण आयोजना खारेज वा फरफारक गर्ने । बजेट तर्जुमा गर्दा कार्यक्रम तथा आयोजनालाई क्रियाकलापगत रूपमा बाँडफाँट गर्ने ।

११. आर्थिक कारोबारमा पारदर्शिता कायम गर्न SuTRA, LMBIS र PLMBIS लाई एकीकृत गरी ‘रियल टाइम एकीकृत वित्तीय सूचना प्रणाली’ कार्यान्वयन गर्ने । राष्ट्रिय योजना आयोगले एकीकृत वित्तीय हस्तान्तरण सूचना प्रणाली विकास गर्ने ।

१२. तीनै तहले बेरुजु न्यूनीकरणमा जोड दिई वर्गीकृत विवरण तयार पार्ने र समयबद्ध कार्ययोजनासहित फछ्यौटलाई तीव्रता दिने ।

१३. कानुन तर्जुमा गर्दा संविधानको धारा २३२ (२) बमोजिम राष्ट्रिय नीति अनुरूप समन्वय गर्ने । संविधानको अनुसूची ५ मा रहेको सङ्घको एकल अधिकारसँग बाझिने कानुनका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत आवश्यक कारबाही गर्ने ।

१४. पर्यटन प्रवद्र्धन र अन्तर–प्रादेशिक सहकार्यका लागि छिमेकी मुलुकका पर्यटक सवारीलाई भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि प्रदेशबाट थप कर नलिई नेपालभर निर्वाध आवागमनको व्यवस्था मिलाउने ।

१५. प्रदेश तथा स्थानीय तहको बजेट कार्यान्वयन र सरकारी भौतिक संरचना निर्माणलाई तीव्रता दिन जग्गा प्राप्ति प्रक्रियाका कानुनी जटिलता र ढिलासुस्ती सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अनुरोध गर्ने ।

१६. आन्तरिक राजस्व अभिवृद्धिका लागि वनजन्य तथा नदीजन्य स्रोतको दिगो उपयोगमा देखिएका कानुनी, नीतिगत र प्रक्रियागत अड्चन हटाउन प्रधानमन्त्री कार्यालय, सङ्घीय मामिला मन्त्रालय र वन मन्त्रालयलाई अनुरोध गर्ने । यी निर्णयले सङ्घीय शासन प्रणालीमा वित्तीय अनुशासन, पारदर्शिता र तीन तहबीचको समन्वयलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयले यी निर्णयको तत्काल कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइसकेको छ ।

काठमाडौं ।
लेबनानमा शुक्रबार बिहानबाट १० दिने युद्धविराम लागू भएको छ । योसँगै इजरायली सेना र लडाकू समूह हेजबुल्लाह बीचको लडाइँ रोकिएको छ । जसले अमेरिका र इरान बीचको शान्ति वार्ताको प्रमुख अवरोध पनि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायल र हिजबुल्लाहबीच आक्रमण जारी थियो ।

अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक ज्ञापनपत्रमा युद्धविरामको रूपरेखा प्रस्तुत गर्दै भनेको छ कि इजरायलले “आत्मरक्षामा सबै आवश्यक उपायहरू लिने” आफ्नो अधिकार कायम राख्नेछ, तर जमिन, वायु वा समुद्रबाट लेबनानी लक्ष्यहरू विरुद्ध “आक्रामक कारबाही” गर्ने छैन ।

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग इरानसँग अर्को प्रत्यक्ष वार्ता यसै सप्ताहन्तमा हुन सक्ने बताएका छन् ।

लेबनानी अधिकारीहरूका अनुसार हालको लडाइँमा लेबनानमा २१०० भन्दा बढी मानिस मारिएका छन् र दस लाखभन्दा बढी विस्थापित भएका छन्। इजरायली अधिकारीका अनुसार दुई नागरिकसहित कम्तीमा १३ इजरायली सैनिक पनि मारिएका छन् ।

कन्चनपुर।

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।
ज्यानसम्बन्धी मुद्दामा उहाँलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । मुद्दा इलाका प्रहरी कार्यालय बेल्डाँडीबाट दर्ता भएको हो’, शाहीले भने ।

गत वर्ष वैशाख ९ गते कञ्चनपुरको बेलौरी नगरपालिका(१०, शिवनगरस्थित घटियाघाट रोड नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा हरिकिसन रानाको शव भेटिएको थियो । उक्त घटना सडक छेउमै भएकाले दुर्घटना वा हत्या भन्ने विषयमा प्रहरीले सुरूदेखि नै अनुसन्धान गरिरहेको थियो ।

मृतक हरिकिसनकी पत्ती फिरियादेवीले उपाध्यक्ष नाथविरुद्ध योजनाबद्ध रूपमा धम्की दिएको, आर्थिक लेनदेनका लागि दबाब सिर्जना गरेको तथा ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन् ।

कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल्ने प्रयास गरिएको र रकम नदिएपछि पटक(पटक ज्यान मार्ने धम्की दिइएको फिरियाको जाहेरीमा उल्लेख छ । सोही जाहेरीका आधारमा पक्राउ उपाध्यक्षलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच, नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमल रानाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

उता, प्रहरी नियन्त्रणमा रहेकी उपाध्यक्ष शान्ति नाथको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा भर्ना गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।